युरोपेली देशहरुमा कोरोनाको तेस्रो लहरका कारण संक्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । पुरै युरोपमा पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ६ सय ६२ जना संक्रमित भएका छन् । पछिल्लो साता यहाँ कुल २० लाख जना कोरोनाबाट संक्रमित भए । स्थिति बिग्रिएपछि नेदरल्यान्डले शनिबार बेलुकीदेखि तीन हप्ताका लागि लकडाउन गर्ने फैसला लिएको छ । यस अवधिमा रेस्टुरेन्ट र अत्यावश्यकबाहेकका अन्य पसल बन्द रहनेछन् । त्यस्तै, खेलकुद हेर्नका लागि दर्शकले रंगशाला छिर्न पाउने छैनन् । नेदरल्यान्डमा पछिल्ला २४ घण्टामा कोरोना १