कतारका नेपाली भन्छन्- गोलभेडा खान छाडियो !

१२ पुस, कतार । विगतमा नेपालले भारतीय नाकाबन्दी खेपेजस्तै कतारले यतिबेला छिमेकी देशहरुको नाकाबन्दी खेपिरहेको छ । र, यो नाकाबन्दीको असर नेपालीहरुलाई समेत परेको छ । आतंककारीलाई संरक्षण र आर्थिक सहयोग गरेको भन्दै जून ६ देखि १३ बुँदे शर्तसहित औपचारिक रुपमा जल, स्थल र हवाई नाकाबन्दी खेपेको कतारले अहिलेसम्म पनि नाकाबन्दीलाई …

सम्बन्धित सामग्री

आजको फलफूल तथा तरकारीको मूल्य : लोकल गोलभेडा १५ रुपैयाँ

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैभन्दा लोकल गोलभेडा सस्तो रहेको छ । आज लोकल गोलभेडा प्रतिकेजी १५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, नेपाली ठूलो गोलभेडा ४०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु २९ रुपैयाँमा कारोबार हुँदा […]

सडकमा गोलभेडा : समाधानको उपायभन्दा पनि ध्यानाकर्षणको रणनीति

काठमाण्डौ बलम्बुकी प्रतिमा केसी कालीमाटी थोक तरकारी बजारमा अरू तरकारीसँगै गोलभेडा छानिरहनु भएको छ । उहाँले एक ढक (पाँच किलो) सय रुपैयाँमा किन्नुभयो । आइतवार कालीमाटीको सडकमा गोलभेडा फालिएपछि त्यसले निकै चर्चा पायो । कालीमाटीको सडक तथा तरकारी बजारको भित्र र होल्डिङ एरियामा गोलभेडा फालिएको थियो । त्यसलाई सफा गर्न डोजर नै प्रयोग गरिएको थियो । एकातिर भाउ पाइएन भनेर गोलभेडा फालिएको छ । अर्कोतिर त्यसको भोलिपल्ट सय रुपैयाँ तिरेर उपभोक्ता किन्न बाध्य छन् ।  केसी भन्नुहुन्छ, ‘एकातिर भाउ पाइएन भनेर गोलभेडा फ...

सडकमा कसले फाल्यो गोलभेडा, किसानले कि बिचौलियाले?

काठमाडौं : गोलभेडाको उचित मूल्य नपाएको भन्दै आइतबार बिहान केहीले कालीमाटी तरकारी बजारभित्रै गोलभेडा फालेर विरोध जनाए। तर सरकार भन्छ– कालीमाटीमा फालिएको गोलभेडा किसानले होइन, बिचौलियाले फालेका हुन्। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, उपत्यका आसपासमा टनेलमा गोलभेडा खेती गर्ने किसानले लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेडा फाल्न बाध्य भएको बताइएको छ। कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपियाँ तोकेको छ तर सोही गोलभेडा क

सर्लाहीका गोलभेडा किसान मारमा

सर्लाही । गोलभेडाको मूल्य निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेडा भित्रिएपछि यहाँका स्थानीय किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएको हो । किसानले गोलभेडा प्रतिक्रेट १ सय ५० देखि दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ किलो गोलभेडा हुन्छ । गोलभेडा प्रतिकिलो ६ देखि ८ रुपैयाँमा बेच्नुपर्दा […]

क्यालिफोर्नियामा गोलभेडा पोखिदा सडक अवरुद्ध, ७ वटा कार दुर्घटनामा

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा व्यस्त सडकमा एउटा ट्रकबाट १ लाख ५० हजार वटा भन्दा बढी गोलभेडा पोखिदा ७ वटा कार दुर्घटनामा परेका छन् । गोलभेडा पोखिएकै कारण त्यहाँ आवतजावतमा समेत ठप्प बनेको हाे । क्यालिफोर्नियाको इन्टरस्टेट ८० हाइवेमा यसरी पोखिएका गोलभेडाकै कारण क्यालिफोर्निया राजमार्ग गस्ती प्रहरीका अनुसार यस दुर्घटनामा ३ जना मानिस सामान्य […]

लामो निषेधाज्ञाका कारण पाँचथरमा गोलभेडा बिक्रीमा समस्या

गत वर्ष यहि सिजनमा प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको गोलभेडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा पनि विक्री हुन सकेको छै ।

कृषिमा कोरोना कहरः बोटमै कुहिन थाले किसानका गोलभेडा

दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै

दाङमा किलोको ३ रुपैयाँमा पनि बिकेन गोलभेडा, बारीमै कुहिन थाल्यो

दाङमा किसानले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ किलोमा समेत बिक्री हुन छाडेको छ। गोलभेडा बिक्री नभएर किसानको खेत बारीमै कुहिन थालेको छ।

निषेधाज्ञाले लाखौंको गोलभेडा बारीमै कुहियो

काठमाडौं। बाँकेका किसानले उत्पादन गरेको लाखौंको गोलभेडा बारीमै कुहिएको छ। किसान विनोद भुसालले ४ लाख ७५ हजार रुपैयाँको लगानीमा सुरु गरेर फलाएको गोलभेडा कुहिन थालेको हो। भुसालले ९ लाख रुपैयाँ बराबरको १५० टन गोलभेडा बजार नपाएर बारीमै कुहिएको बताए। उनले भने, "१० रुपैयाँको सामानलाई निषेधाज्ञामा २ रुपैयाँ दिन आउँछ। तर, थोरै परिमाण खोज्छन्।"

भारतबाट साढे ३८ करोडभन्दा बढीको गोलभेडा नेपाल भित्रियो

काठमाडौं। कोरोना महामारीबीच चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भारतबाट ३८ करोड ५३ लाख ९३ हजार रुपैयाँको गोलभेडा नेपाल भित्रिएको छ। भन्सार विभागकाअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको गोलभेडा नेपाल भित्रिएको हो। सो अवधिमा ३ करोड १ लाख ९९ हजार ६९४ केजी गोलभेडा नेपाल भित्रिएको विभागले जनाएको छ।