काठमाण्डौ बलम्बुकी प्रतिमा केसी कालीमाटी थोक तरकारी बजारमा अरू तरकारीसँगै गोलभेडा छानिरहनु भएको छ । उहाँले एक ढक (पाँच किलो) सय रुपैयाँमा किन्नुभयो । आइतवार कालीमाटीको सडकमा गोलभेडा फालिएपछि त्यसले निकै चर्चा पायो । कालीमाटीको सडक तथा तरकारी बजारको भित्र र होल्डिङ एरियामा गोलभेडा फालिएको थियो । त्यसलाई सफा गर्न डोजर नै प्रयोग गरिएको थियो । एकातिर भाउ पाइएन भनेर गोलभेडा फालिएको छ । अर्कोतिर त्यसको भोलिपल्ट सय रुपैयाँ तिरेर उपभोक्ता किन्न बाध्य छन् ।
केसी भन्नुहुन्छ, ‘एकातिर भाउ पाइएन भनेर गोलभेडा फ...