भारतबाट साढे ३८ करोडभन्दा बढीको गोलभेडा नेपाल भित्रियो

काठमाडौं। कोरोना महामारीबीच चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भारतबाट ३८ करोड ५३ लाख ९३ हजार रुपैयाँको गोलभेडा नेपाल भित्रिएको छ। भन्सार विभागकाअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको गोलभेडा नेपाल भित्रिएको हो। सो अवधिमा ३ करोड १ लाख ९९ हजार ६९४ केजी गोलभेडा नेपाल भित्रिएको विभागले जनाएको छ।

सम्बन्धित सामग्री

विदेशबाट पाँच महिनामा नेपाल भित्रियो ८ अर्ब ३९ करोडभन्दा बढीको तरकारी

काठमाडौं। पाँच महिनाको अवधिमा बिभिन्न देशबाट नेपालमा ८ अर्ब ३९ करोड रुपैयाँको तरकारीजन्य वस्तु भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारी नेपाल भित्रिएको हो। सो अवधिमा आलु, प्याज, गोलभेडा, काउली, च्याउ, फर्सी, केराउ लगायतका तरकारीजन्य वस्तु नेपाल भित्रिएको छ। बितेको पाँच महिनामा आलु मात्र नेपालले ४ अर्ब ८० करोडभन्दा बढीको आयात गरेको छ।