दाङमा किलोको ३ रुपैयाँमा पनि बिकेन गोलभेडा, बारीमै कुहिन थाल्यो

दाङमा किसानले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ किलोमा समेत बिक्री हुन छाडेको छ। गोलभेडा बिक्री नभएर किसानको खेत बारीमै कुहिन थालेको छ।

सम्बन्धित सामग्री

दाङमा आँखाका बिरामी बढे, उपचार लिन भीड

राजपुर गाउँपालिका वडा नं ४ दुलैया निवासी लोकबहादुर रैदासको आँखा तीन दिन अघिबाट दुख्न थाल्यो। आँखा रातो हुने, पिरो हुने, कचेरा आउने, आँशु बग्नेजस्ता समस्या देखिएपछि रैदास उपचारको लागि लमही आए। गाउँका धेरै मानिसमा आँखा पाक्ने समस्या देखिएको भनाइ उनको छ। अहिले उपचारपछि निको हुने आशामा रैदास छन्। रैदास मात्रै होइन, अहिले दाङ जिल्लामा आँखा […]

ओभरलोड बोक्ने ट्रकलाई ट्रक समितिले नै कारबाही थाल्यो

दाङ : दाङमा ओभरलोड बोक्ने मालबाहक ट्रकलाई ट्रक समितिले नै कारबाही गर्ने अभियान सुरु भएको छ।राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति दाङले विगत एक हप्तादेखि यो अभियानलाई कडाइका साथ लागू गरेको छ। विशेषगरी पूर्व—पश्चिम राजमार्ग भई चल्ने मालबाहक ट्रकहरूलाई लक्षित गरी ओभरलोड बोक्ने ट्रकलाई कारबाही अभियान सञ्चालन गरिएको ट्रक समितिले जनाएको छ।दाङको देउखुरीमा एक हप्ताको अवधिमा ओभरलोड बोकेका ३० बढी ट्रक कारबाहीलाई गरिएको छ। ढुवानीका सवारीसाधन ओभरलोड नियन्त्रणमा विभिन्न व्यक्तित्वहरूसँगको छलफलपश्चात

थारु समुदायमा बढेको राजनीतिक चेत: प्रत्यक्षतर्फ दाङमा दुई दर्जन उम्मेदवार

बर्षौँ सम्म जमिनदारहरुको ‘हली’ बनेर रोजीरोटी चलाएका थारु समुदाय पनि मुलुकमा भएका विभन्न फेरबदल सँगै फेरिन थाल्यो। मूलतः लोकतान्त्रिक आन्दोलन पछि प्राप्त उपलब्धिपछि थारु समुदायमा नेतृत्व प्राप्तीको मोह बढ्दै गयो।...

महमा सफल महालक्ष्मी : जापानदेखि चीनसम्म निर्यात

काठमाडौं । करीब २७ वर्षअघि महालक्ष्मी श्रेष्ठले नेपाली बजारका लागि उत्पादन शुरू गरेको मह अहिले जापानसम्म निर्यात हुन थालेको छ । उनले उत्पादन गर्ने ‘टीबीएस प्योर हनी’ र ‘केएएसटीआई हिमालयन हनी’ जापान, चीनलगायत देशमा निर्यात हुन थालेको हो । उनको कम्पनी बी किपिङ सपले वार्षिक रूपमा उत्पादन गर्ने विभिन्न थरीका करीब १२ टन महमध्ये १० प्रतिशतजति जापान र चीन निर्यात हुन्छ । गुणस्तरका हिसाबले विदेशीभन्दा राम्रो मानिने भएकाले यूरोपेली मुलुकमा समेत नेपाली महको माग छ । तर, यूरोपियन संघ (ईयू) ले मह आयात गर्ने तेस्रो मुलुकको सूचीमा नेपाललाई नराखेकाले त्यहाँ निर्यात गर्न नसकिएको उनले सुनाइन् । नेशनल रेसिड्यू मोनिटरिङ प्लान (एनआरएमपी) कार्यान्वयनमा कमजोरी रहेको भन्दै ईयूले नेपाललाई तेस्रो मुलुकको सूचीमा नराखेको हो ।  उनको कम्पनीले चितवन र दाङमा ८० ओटा घारमा मौरीपालन गरी मह उत्पादन गरिरहेको छ । त्यसबाहेक कैलाली, प्युठान, दाङ, बर्दियालगायत जिल्लाका मौरीपालकसँग किनेर गुणस्तर जाँच गरी ब्रान्डिङसहित बजार पठाउने काम कम्पनीले गरिरहेको छ । नेपालमा उनकै बी किपिङ सप, अनलाइन सप दराज र सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट मह बिक्री हुन्छ । विदेश निर्यातको काम बी किपिङ सपले नै गरिरहेको श्रेष्ठले बताइन् ।  उनको कम्पनीमा मौरीले चिउरी, तोरी, लिची, फापरजस्ता वनस्पतिको फूल चुसेर बनाएको अग्र्यानिक मह पाइने श्रेष्ठले बताइन् । दुवै ब्रान्डका महको मूल्य गुणस्तरअनुसार किलोमा ९ सयदेखि १ हजार २०० रुपैयाँसम्म पर्छ । ‘करीब १ लाख रुपैयाँको सानो लगानीमा शुरू गरेको व्यवसायमा आम्दानी राम्रो नभए पनि मेहनत जारी राखें । मैले उत्पादन गरेको मह एकपटक चाखिसकेका ग्राहक फर्केर आउन थालेपछि विस्तारै बजारको आकार बढ्यो र नाफा पनि हुन थाल्यो,’ श्रेष्ठ भन्छिन्, ‘अहिले मेरो सबै खर्च यही व्यवसायले धानेको छ ।’  बी किपिङ सपको योजना बनाउनुअघि नेपालको शहरी क्षेत्रमा मह खाने चलन खासै विकास नभएको उनको अनुभव छ । ‘थोरै मानिसले विदेशी ब्रान्डका मह किनेर खाने गरेको मेरो अनुसन्धानले देखाएको छ,’ श्रेष्ठले भनिन् । वनस्पति शास्त्रको विद्यार्थी उनी त्यसबेला नेदरल्यान्ड सरकारको सहयोगमा सञ्चालित एसएनभी परियोजनामा नेपाली महको गुणस्तर र आधुनिक मौरीपालनसम्बन्धी अनुसन्धान गर्थिन् । त्यही अनुसन्धानपछि नेपालमा व्यावसायिक मौरीपालनको राम्रो सम्भावना देखेर करीब २७ वर्षअघि काम शुरू गरेको उनले सुनाइन् । अहिले उनको व्यवसायमा ३० जना मौरीपालक किसान र ५ कामदार गरी ३५ जनाले रोजगारी पाएका छन् । अझै पनि नेपालमा मौरीपालनको कुल सम्भावनाको १० देखि १५ प्रतिशत मात्र काम भएको उनको अनुमान छ । ‘ललितपुरको मानभवनमा बी किपिङ सप शुरू गर्दा परिवार, साथीभाइ र आफन्तले समेत वनस्पति शास्त्रमा स्नातकोत्तर गरेको मान्छेले किन यस्तो काम गरेको भनेर निरुत्साहित गर्न खोजे,’ उनले विगत सम्झिइन्, ‘तर, मैले हिम्मत हारिनँ । जागीर खान नसकेर यो काम गरेको पनि थिइनँ । इच्छाले शुरू गरेको काममा निरन्तर लागिरहें । उत्पादनको गुणस्तरमा ध्यान दिएर काम गरिरहें, जसले आज मलाई सफल महिला उद्यमीको रूपमा उभ्याएको छ ।’

दाङमा बालबालिकालाई पनि कोरोना देखिन थाल्यो

दाङ : दाङमा बालबालिकामा पनि कोरोना देखिन थालेको थालेको छ।बुधबार तुलसीपुरका २ जना बालबालिकामा कोरोना पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए। केसीका अनुसार उनीहरूलाई तुलसीपुर मेट्रो अस्पताल कोरोना आइसोलेसनमा भर्ना गरिएको छ। त्यस्तै उनीहरूको अवस्था भने सामान्य रहेको समेत उनले बताए।उनले भने, ‘दोस्रो लहरको समयमा पनि बालबालिकामा संक्रमण भएको थियो। तर, यो लहर हराउन लाग्दा फेरि बालबालिकामा कोरोना पुष्टि भएको छ। त्यसैले अझै सचेत रहन जरुरी छ।' उनीहरूको बुवा आमालाई पनि कोर