निषेधाज्ञाले लाखौंको गोलभेडा बारीमै कुहियो

काठमाडौं। बाँकेका किसानले उत्पादन गरेको लाखौंको गोलभेडा बारीमै कुहिएको छ। किसान विनोद भुसालले ४ लाख ७५ हजार रुपैयाँको लगानीमा सुरु गरेर फलाएको गोलभेडा कुहिन थालेको हो। भुसालले ९ लाख रुपैयाँ बराबरको १५० टन गोलभेडा बजार नपाएर बारीमै कुहिएको बताए। उनले भने, "१० रुपैयाँको सामानलाई निषेधाज्ञामा २ रुपैयाँ दिन आउँछ। तर, थोरै परिमाण खोज्छन्।"

सम्बन्धित सामग्री

तरकारी बेच्न नपाउँदा किसान मर्कामा

भोजपुर नगरपालिका १२ टक्सारकी रिता सुवेदी हाटबजारको दौडधुपमा छिन् । लकडाउन केही खुकुलो भएपछि उनी गोलभेडा बेच्न सदरमुकाम धाउँछिन् । लम्बिएको लकडाउनले उनको करिब ५ रोपनीमा लगाएको गोलभेडा, काउली र बन्दा बारीमै कुहियो । तरकारी बेचेर बाबुआमा र नाबालक छोराको भरपेट चल्ने गर्छ ।