काठमाडौं : ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यसै शैक्षिकसत्रबाट तामाङ भाषामा पठनपाठन सुरु हुने भएको छ।कार्यपालिका बैठकले गाउँपालिकाको शिक्षा समितिको सिफारिसमा तामाङ मातृभाषाको शिक्षा लागु गर्ने निर्णय गरेको हो। यो निर्णय भएसँगै अब पुस्तक छापेर छिट्टै कक्षा सुुरु गरिने गाउँपालिका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए।गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा यो वर्ष कक्षा १ बाट पठनपाठन सुरु गर्ने अध्यक्ष सिङतानले बताए। उनका अनुसार गाउँपालिकाभित्र तीन उच्च मावि, ३ मावि र ११ वटा आधारभूत गरी १७ वटा