कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन सुरु

काठमाण्डाै – कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमा पठनपाठन सुरु हुन थालेका छन् । काेराेना संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा काठमाण्डौ उपत्यकाभित्रका केही विद्यालयमा समेत पठनपाठन सुरु भएको छ । काठमाण्डौ उपत्यकाबाहिर पनि केही ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन भैरहेको छ । स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिमा लकडाउनको प्रकृतिअनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापलाई कडा लकडाउन, मिश्रित लकडाउ...

सम्बन्धित सामग्री

निषेधाज्ञाको उल्लंघन गर्दे चिचिला गाउँपालिकामा विद्यालय सञ्चालन

संखुवासभा : स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै चिचिला गाउँपालिकाले विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमण जोखिम कामयै रहेको भन्दै साउन २४ सम्म निषेधाज्ञा जारी गरेको छ।कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका चिचिलाका ६ वटै वडाका विद्यालयहरुमा पठनपाठन सुरु भएको छ। गाउँपालिकाको निर्णयपछि विद्यालयमा भौतिक रुपमै उपस्थित भएर आइतबारदेखि पठनपाठन सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी

कोरोना महामारीबीच सिरहाका विद्यालयमा पठनपाठन सुचारु

कोरोना संक्रमण नियन्त्रणका लागि सुरु भएको लकडाउनसँगै बन्द भएका सिरहाका विद्यालयमा पठनपाठन सुरु भएको छ

जोखिम नहुने सुनिश्चित भएमात्रै पढाउन सकिन्छ

नेपालमा पनि कोरोना भाइरस संक्रमण सुरु भएसँगै २०७६ चैत ६ गतेदेखि देशभरका सम्पूर्ण विद्यालय बन्द भए । चैत ६ गतेदेखि नै सुरु हुने भनेको एसईई परीक्षा पनि स्थगित भई अहिले विद्यालयबाट विद्यार्थीको मूल्यांकन गरी नतिजा निकाल्ने अन्तिम तयारीमा सरकार छ । नेपालमा अहिले कोरोना संक्रमण कम भएसँगै सरकार विद्यालय खोल्ने तयारीमा पनि लागेको छ । सहरी क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षा पनि सञ्चालन गरेका छन् भने ग्रामीण भेगका विद्यालय प्रविधिमा पहुँच नहुँदा अन्योलमा छन् । अझै पनि कतिपय जिल्लामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको अवस्था छ । केही जिल्लामा शून्य अवस्था छ । सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्ने भनेको छ । निजी विद्यालय विद्यार्थी भर्ना गरी पठनपाठन सुरु गर्ने मनस्थितिमा पुगेका छन् भने केहि संक्रमणको अवश्थाबारे विचार विमर्शमै छन् । यसै सन्दर्भमा विभिन्न जिल्लाका शिक्षा, विकास समन्वय एकाइ प्रमुखसँग कारोबारकर्मीहरूले गरेको कुराकानी :