खोटाङ – हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ। कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो। तिलुङ भाषाको पठनपाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्यालयलाई हस्तान्तरण गरिन्। तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले […]