हुम्लाका विद्यालयमा पठनपाठन सुरु

सिमकोट– हुम्लाका विद्यालयमा पठनपाठन सुरु भएको छ। डेढ महिना लामो हिउँदे बिदा फागुन १ गतेबाट सकिएको र कोरोना संक्रमणको त्रास पनि कम भएको हुँदा विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो। सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बालविकासदेखि कक्षा १० सम्मको पठनपाठन सुरु भएको जानकारी दिए। उनले हिउँदे बिदा पनि सकिएको र कोरोनाको […]

सम्बन्धित सामग्री

हुम्लाका विद्यालयमा पाठ्यपुस्तक बिनै पठनपाठन सुरु

सिमकोट – स्थानीय तहको निर्वाचनपछि जिल्लाभरका विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीका हातमा अझै पाठ्यपुस्तक पुग्न सकेका छैनन्। बालमन्दिर माध्यामिक विद्यालयकी शिक्षिका मधु बस्नेतले समयमा पाठ्यपुस्तक आइनपुग्दा शिक्षकलाई पढाउन र विद्यार्थीलाई अध्ययन गर्न समस्या भएको बताइन्। उनले एक, दुई, तीन, छ र आठ कक्षामा केही पुराना किताबबाट पठनपाठन गरिएको भए पनि त्यो सहज नभएको बताइन्। त्यो […]

हुम्लाका ३५ विद्यालय संचालनमा

लकडाउनका कारण बन्द रहेको हुम्लाका ३५ वटा विद्यालयमा पठनपाठन सुरु भएको छ। लकडाउनका कारण लामो समय पठनपाठन बन्द रहेको हुम्लाका १४८ विद्यालयमध्ये ३५ विद्यालयमा पठनपाठन सुरु भएको हो। नाम्खा गाउँपालिकाका...

विद्यार्थी वैकल्पिक शिक्षाबाट वञ्चित

विद्यालयहरूमा अनलाइनमार्फत पठनपाठन सुरु भए पनि दुर्गम गाउँका बासिन्दा वैकिल्पक शिक्षाबाट वञ्चित भएका छन् । हुम्लाका अधिकांश स्थानीय तहमा इन्टरनेट सेवा भरपर्दो नहुँदा पठनपाठनमा समस्या भएको हो ।

हुम्लाका ७७ वटा विद्यालयमा पठनपाठन सुरु

लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला जिल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठनपाठन सुरु भएको छ । यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठन पाठन सुरु गरेका हुन । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को बाल मन्दिर माध्यामिक विद्यालयमा पढाइ सुरु भएकै दिन ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भौतिक उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो । कक्षा एकदेखि पाँचसम्मका विधार्थीको उपस्थिति केही कम भए पनि माथिल्लो कक्षाका विधार्थीको उपस्थिति राम्रो रहेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको सुरक्षाका लागि विधार्थी तथा शिक्षकका लागि अनिवार्य मास्ककाे प्रयोग गर्नुपर्ने ब्यबस्था विद्यालयले गरेको उहाँले बताउनुभयो । सिमकोटका २८ वटै विद्यालयमा बिहीवारबाट पठन पाठन सुरु भएको सिमकोट गाउँपालिकाले जनाएको छ ।

हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै

कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए।