खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठनपाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठनपाठन सुरु गरिएको हो ।
तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालु शैक्षिक–सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठनपाठन सुरु गर्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिका...