गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ, मन्त्री थापाभन्दा २ दिन जेठा

६ पुस, पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले उनैले शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्नेछन् । ६० सदस्यीय प्रदेश सभामा १३ गते मित्रलालले प्रदेश प्रमुखसँग शपथ […]

सम्बन्धित सामग्री

शपथलगत्तै इलामको योजना सूची लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

काठमाडौं । इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै उनी अर्थमन्त्रालय पुगेका हुन् । इलाममा चुनाव जितेर काठमाडौं फर्किएलगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा बजेटको ताकेतासहित सिंहदरबार दौडधुपमा छन् । गएको २ दिन विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर उनले आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनको माग […]

सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सार्वजनिक बिदा २ दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘वि.सं २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने निर्णय भएको छ। कार्यालय समय साविकमा जे थियो त्यही नै व्यवस्था छ।’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, ‘सार्वजनिक बिदामा साविकका

कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, २७ असार । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बिन्दमान विष्टलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। फोक्सो र घाँटीको समस्याबाट ग्रस्त मन्त्री विष्टको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । विष्ट बजेट बनाउने समयदेखि नै अस्वस्थ्य थिए । २ दिन अघि अस्वस्थ भएका मन्त्री विष्टलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई हेलिकप्टरबाट […]

प्रेम आलेको राजीनामा ‘ब्याक डेटमा’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर पार्टी अध्यक्ष माधव नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको खुलाएका छन् । आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए । उनले भने–‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै मैले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । अस्ति मैले सवा ३ बजेतिर पार्टीमा त्यो कुरा राखेको थिए, अहिले ठ्याक

२ दिन बिदाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । हप्तामा २ दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता रामबहादुर शाहीले हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट दर्ता गराउनुभएको हो । सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा हप्तामा २ दिन बिदा दिने गैर संवैधानिक गतिबिधिमा मन्त्री परिषदले विचार विमर्शनै नगरि गरेको […]

जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ।  सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’ नेपाल

अर्थ मन्त्री शर्माले ओलीलाई दिए 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा

अर्थ मन्त्री जनार्दन शर्माले नेकपा एमालेका अध्यक्ष केपीओलीलाई 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा दिएका छन्। अर्थ मन्त्रालयले अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलेनमा उनले ओलीको नाम नलिई ओलीलाई इंगित  गर्दै विदेशी पानी खाएर हुर्किएका केही नागरिकले अर्थतन्त्रबारे अफवाह फैलाएको बताए ।उनले भने ' ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने भन्न सकिन्छ । तर  सबै भुक्तानी दिने सुनिश्चितता गरेका छौं , जुन दिन चाहिन्छ, त्यही दिन दिने ब्यबस्था गरेका छौ।’ओलीले सरकारले वृद्धभत्तासमेत दिन नसक्ने दिन आउने दाबी गरेका थिए । उनलाई नै जवाफ दिदै अर्थमन्त्री शर्माले  सबै भुक्तानी दिने सुनिश्चितता गरेको बताएका हुन् ।शर्माले ओलीलाई देशको अर्थतन्त्रको विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।  उनले अर्थतन्त्रको अवस्था भयावह नभएकोले यस विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।उनले अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था नरहेको दाबी गरे । यद्यपि सतर्क भने रहनु पर्ने उनले बताए । उनले  विभिन्न निर्णयहरु  मन्त्रिपरिषदमा प्रस्ताव गरेको जानकारी दिए । उनले सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग नगर्ने, इन्धन खपत घटाउने , सातामा २ दिन सार्वजनिक विदा दिने, रेमिट्यान्स पठाउनेलाई आईपिओ र एफपिओमा आरक्षण दिने लगायतका प्रस्ताव  मन्त्रिपरिषदमा लागिएको जानकारी दिए । उनले  देश श्रीलंका बन्छ भन्नु अफवाह भएको पनि उल्लेख गरेका छन् । उनले श्रीलंका बनाउन किन चासो भइरहेको छ भन्नेबारे आफुलाई अचम्म लागेको बताए।  ओलीले देश श्रीलंका जस्तो हुन लागेको पनि उल्लेख गरिएका थिए ।पछिल्लो समय ओली र अर्थमन्त्री शर्माबीच सार्वजनिक रुपमा नै घोचपेच हुन थालेको छ । ओलीले केहि दिन अघि शर्मालाई इंगित गर्दै उनको नाम नलिई मुखभरी रौ भएको मुसोले अर्थतन्त्र बर्बाद पारेको तर त्यसको कारवाही भने गभर्नरलाई गरिएको बताएका थिए ।

लता मंगेशकरको निधनमा २ दिनको राजकीय शोक, झण्डा आधा झुक्ने

महान गायिका लता मंगेशकरको निधनमा भारत सरकारले २ दिन राजकीय शोकको घोषणा गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो। यो समयमा भारतीको राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस बाहेक महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेले लता मंगेशकरले लता मंगेशकरको अन्तेष्टि राजकीय सम्मानको साथ गरिने घोषणा […]

मनसुनले अवरुद्ध हुने राजमार्गमा इक्वीपमेन्ट राख्न निर्देशन

काठमाडौं । मनसुनका कारण अवरुद्ध हुने सम्भावित राजमार्गहरूमा पहिलो पन्छाउने, मर्मतसम्भार गर्ने हेभी इक्वीपमेन्टहरू राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् । २ दिन भएको समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै उनले सम्भावित स्थानमा पहिरो पन्छाउने, सडक मर्मत–सुधारमा प्रयोग हुने विभिन्न प्रकारका इक्वीपमेन्ट तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका हुन् । मन्त्री नेम्वाङले यो वर्ष मनसुन छिट्टै शुरू हुने पूर्वानुमान रहेकाले राजमार्ग अवरुद्ध हुुने समस्या दोहोरिने भन्दै यसबाट जनजीवन नै प्रभावित हुने बताए । मनसुन शुरू भएपछि बर्खायाममा मुलुकका विभिन्न राजमार्गमा पहिरो, बाढीले सडक कटान गर्दा यातायात अवरुद्ध हुने गरेको छ । सडक विभगका अनुसार गतवर्षको मनसुनताका मुलुकभरका विभिन्न राजमार्ग, सडकमा गरी कुल २५३ स्थानमा सडक अवरुद्ध भएका थिए । अरनिको राजमार्ग, कान्तिपथ, बीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका विभिन्न खण्डमा पहिरोका कारण र तराईतिर बाढीका कारण सडकमा क्षति पुग्नुका साथै पुलहरू पनि बग्ने गर्छन् । राजमार्ग तथा सडकमा आएको पहिरो पन्छ्याउन सम्बन्धित सडक डिभिजन कार्यालयहरूले लोडर, एक्स्क्याभेटर, डोजर, क्रेन जस्ता हेभी इक्वीपमेन्टको प्रयोग गर्ने गर्छन् । कार्यक्रममा मन्त्री नेम्वाङले देशैभरका सम्भावित स्थानमा इक्वीपमेन्टहरू परिचालन गर्न र अपुग भएमा भाडामा लिएर भए पनि समयमै यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । मन्त्रालय मातहतका कर्मचारीलाई उनले सामान्य अवस्थामा एक दिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन समेत दिएका छन् । कार्यालय प्रमुखहरू नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै मन्त्री नेम्वाङले यस्तो निर्देशन दिएका हुन् । नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत सम्भारलाई समेत विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । राजमार्गहरू खाल्डाखुल्डी रहित बनाउन पनि उनले मातहतका अधिकारीलाई निर्देशन दिए । यसैगरी चालू आर्थिक वर्षको प्रगति विवरणहरू अपेक्षित नभए पनि उत्साहजनक भएको दाबी उनले गरे । ‘प्रगति विवरण आशातीत नभए पनि सन्तोषजनक छ,’ उनले भने, ‘आर्थिक वर्षको अझै केही दिन बाँकी भएकाले प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नुहोला ।’ गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत आफ्ना धारणा राखेका थिए । यस्तै सडक डिभिजन प्रमुखहरूले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फछ्र्योटको अवस्थाबारे प्रस्तुति दिएका दिएका थिए ।