मनसुनले अवरुद्ध हुने राजमार्गमा इक्वीपमेन्ट राख्न निर्देशन

काठमाडौं । मनसुनका कारण अवरुद्ध हुने सम्भावित राजमार्गहरूमा पहिलो पन्छाउने, मर्मतसम्भार गर्ने हेभी इक्वीपमेन्टहरू राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् । २ दिन भएको समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै उनले सम्भावित स्थानमा पहिरो पन्छाउने, सडक मर्मत–सुधारमा प्रयोग हुने विभिन्न प्रकारका इक्वीपमेन्ट तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका हुन् । मन्त्री नेम्वाङले यो वर्ष मनसुन छिट्टै शुरू हुने पूर्वानुमान रहेकाले राजमार्ग अवरुद्ध हुुने समस्या दोहोरिने भन्दै यसबाट जनजीवन नै प्रभावित हुने बताए । मनसुन शुरू भएपछि बर्खायाममा मुलुकका विभिन्न राजमार्गमा पहिरो, बाढीले सडक कटान गर्दा यातायात अवरुद्ध हुने गरेको छ । सडक विभगका अनुसार गतवर्षको मनसुनताका मुलुकभरका विभिन्न राजमार्ग, सडकमा गरी कुल २५३ स्थानमा सडक अवरुद्ध भएका थिए । अरनिको राजमार्ग, कान्तिपथ, बीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका विभिन्न खण्डमा पहिरोका कारण र तराईतिर बाढीका कारण सडकमा क्षति पुग्नुका साथै पुलहरू पनि बग्ने गर्छन् । राजमार्ग तथा सडकमा आएको पहिरो पन्छ्याउन सम्बन्धित सडक डिभिजन कार्यालयहरूले लोडर, एक्स्क्याभेटर, डोजर, क्रेन जस्ता हेभी इक्वीपमेन्टको प्रयोग गर्ने गर्छन् । कार्यक्रममा मन्त्री नेम्वाङले देशैभरका सम्भावित स्थानमा इक्वीपमेन्टहरू परिचालन गर्न र अपुग भएमा भाडामा लिएर भए पनि समयमै यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । मन्त्रालय मातहतका कर्मचारीलाई उनले सामान्य अवस्थामा एक दिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन समेत दिएका छन् । कार्यालय प्रमुखहरू नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै मन्त्री नेम्वाङले यस्तो निर्देशन दिएका हुन् । नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत सम्भारलाई समेत विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । राजमार्गहरू खाल्डाखुल्डी रहित बनाउन पनि उनले मातहतका अधिकारीलाई निर्देशन दिए । यसैगरी चालू आर्थिक वर्षको प्रगति विवरणहरू अपेक्षित नभए पनि उत्साहजनक भएको दाबी उनले गरे । ‘प्रगति विवरण आशातीत नभए पनि सन्तोषजनक छ,’ उनले भने, ‘आर्थिक वर्षको अझै केही दिन बाँकी भएकाले प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नुहोला ।’ गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत आफ्ना धारणा राखेका थिए । यस्तै सडक डिभिजन प्रमुखहरूले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फछ्र्योटको अवस्थाबारे प्रस्तुति दिएका दिएका थिए ।

सम्बन्धित सामग्री

दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

बैतडी । बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा आज दिउँसोदेखि हिमपात भएको हो । राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो । […]

राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ...

कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने

मान्म – कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ। कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो। कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध हुने भएको छ। सडक […]

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, पूर्वपश्चिम राजमार्ग पनि प्रभावित

१७ साउन, काठमाडौं । पहिरोले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन । लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । यो सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा समेत प्रभाव भएको छ । त्यहाँ जाम लागेको छ । भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र […]

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

काठमाडौँ,२७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने […]

बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु

बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरुले सास्ती खेप्न बाध्य छन् ।पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक एक घण्टाअघिदेखि सञ्चालनमा आएको छ । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि

बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु

चितवन, २६ जेठ । बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरुले सास्ती खेप्न बाध्य छन् । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक […]

बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु

चितवन– बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरूले सास्ती खेप्न बाध्य छन् । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक एक घण्टाअघिदेखि […]

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध बनेको हो।...

अझै सञ्चालनमा आएन हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग

डडेल्धुरा– बिहीबार दिउँसोदेखि परेको हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग अझैं सञ्चालनमा आउन सकेको छैन। राजमार्गमा बाक्लो हिउँ जमेकोले अवरुद्ध बनेको हो। सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर […]