रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका सबै मन्त्रीहरु थप दुई दिन काठमाडौंमै बस्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सबै मन्त्रीहरुलाई राखेर विशेष छलफल गर्ने योजना बनाएपछि बिहीबार सबै मन्त्री काठमाडौं पुगेका हुन् । लुम्बिनीमा मुख्यमन्त्रीसहित ९ जना मन्त्री रहेकोमा अहिले सबै जना काठमाडौंमा गएपछि प्रदेशका सबै मन्त्रालय सुनसान भएका हुन् । […]