निजामती सोवाको कार्यसम्पादनमा ढिलासुस्ती र अपारदर्शी भएको गुनासोलाई सम्बोधनको महसुस गरेर विगतमा जस्तै यस वर्ष पनि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइयो । यो नारा आगामी पाँच वर्ष (वि.सं. २०७८–२०८२) सम्मका लागि गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]