खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् । तीमध्ये सात उद्योगले मूल्य घटाएको विभागले जनाएको छ । यद्यपि खाने तेल उत्पादन गर्ने उद्योगले भने मूल्य घटाउन आलटाल गरिरहेका छन् । दुई तेल उद्योगबाहेक अन्यले मूल्य घटाएका छैनन् ।