घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

सम्बन्धित सामग्री

दशैँको मुखमा खाने तेलको भाउमा केही राहत, सहुलियत पसलमै छैन मूल्यमा एकरुपता

खाने तेल आयातमा सरकारले भन्सार शुल्क घटाएपछि खुद्रा बजारमा खाने तेलको मूल्य घट्न थालेको छ । एक महिनाअघिको तुलनामा तेलको मूल्य लिटरमा ५० रुपैयाँसम्मले घटेको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले घटाएको भन्सार शुल्कका कारण खाने तेलको मूल्यमा गिरावट देखिन थालेको छ । खुद्रा व्यापारी प्रकाश महर्जन तेलको मूल्य घटेको स्वीकार गर्नुहुन्छ । ‘घटेको त हो । तर, संघले भने जस्तो होइन,’ उहाँ भन्नुहुन्छ, ‘आफूले एक महिना अघि ३ सय ७० रुपैयाँमा ...

खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको हो ।

आठ महिनापछि घट्न थाल्यो खाने तेलको भाउ

२७ असार, काठमाडौं । आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेल सस्तिएको उद्योगीहरुले बताएका छन् । पछिल्लो दुई सातामा …