सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन् । एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेको १०० …