वैतेश्वरमा थप ६ किलोमिटर सडक ढलान गरिने

दाेलखा– वैतेश्वर गाउँपालिकाले यस वर्ष थप ६ किलोमीटर सडक ढलान सम्पन्न गर्ने भएको छ । यस अघि करिब १५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिसकेको पालिकाले यस वर्ष पनि थप ६ किलोमिटर सडक ढलान गर्ने भएको हो । पालिकाले चालु वर्षकै योजना अन्तर्गत बुस्ती पुतलिकाठ सडक खण्डमा यस वर्ष थप एक किलोमिटर सडक ढलान गरिएको […]

सम्बन्धित सामग्री

पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ

नगरपालिकामा २० वटा शाखा छन् । जनप्रतिनिधिको नेतृत्व र अनुगमनमा ती शाखाले सेवा प्रवाह र विकास निर्माणको काम निरन्तर गरिरहेका छन् । यस अवधिमा ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । १० किलोमिटर सडक ढलान, १

सम्झौताअगावै वारीवेनी–मल्लाज सडक निर्माण पूरा

पर्वत । विकास निर्माणका कतिपय आयोजनाहरू वर्षौंसम्म पनि पूरा हुन नसकेका घटना सार्वजनिक भइरहेका बेला यहाँको एक सडक आयोजना भने सम्झौताअगावै निर्माण पूरा भएको छ ।  पर्वतको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्झौता अवधि सकिनुभन्दा एक महिनाअघि नै सकिएको हो । जलजला गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान आयोजना सम्पन्न भएको छ ।  वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबियन र मेसिनरी पर्खाल निर्माण गर्न गण्डकी प्रदेश सरकारले रु. १ करोड र जलजला गाउँपालिकाले रु. १ करोड गरी रु. २ करोड विनियोजन गरिएको थियो ।  कालिका इन्फ्रास्टक्चर प्रा.लि.ले रु. १ करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । विभिन्न ठाउँमा ४०७ मिटर सडक ढलान र नाली निर्माण भएको इञ्जिनियर सुनील वानियाँले बताए ।  मेसिनरी र ग्याबियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा १ महिनाअघि नै निर्माण व्यवसायीले काम सकेका छन् । पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले बताए । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघि नै सकिएको छ । तीन किलोमिटर दुरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुंगाका भगवान जिसीले बताए । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् । मल्लाजको भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक संघीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । संघीय सरकारको रणनीतिक महत्त्वका सडक कार्यक्रममार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न रु. ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रा.लि.ले प्रारम्भिक चरणको कामलाई तीब्रता दिएको छ । मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक ७ मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।  यसैगरी सहरी विकास कार्यालय, बागलुङमार्फत दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको ५ किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम गरिरहेको छ । यो सडकलाई पनि ५ मिटर चौडाइका दरले कालोपत्र गर्ने योजना छ । केही दिनयता सडक निर्माणको काम सुस्ताएको मल्लाजका बासिन्दाले बताएका छन् । उक्त सडकको आइतवार पालिकाका उपाध्यक्ष आचार्यको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी, इञ्जिनियर सुनिल वानिया लगायतको टोलीले अनुगमन गरेको छ ।

मध्यपहाडी लोकमार्ग : ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको सडक दुई खण्डमा विभाजन कालोपत्र शुरू गरिएको छ । ठेक्का सम्झौता गरिएको ६ वर्षपछि बागलुङ बजार खण्ड र बिहुँ खण्डमा एकसाथ कालोपत्र शुरू गरिएको हो । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको अन्तिम चेतावनीपछि ठेकेदारले सडक कालोपत्र थालेको छ । अहिले उक्त खण्डमा २०० भन्दा बढी श्रमिक तथा साना–ठूला ५० भन्दा बढी उपकरण परिचालन गरेर कालोपत्रको काम शुरू गरिएको हो । अहिले भइरहेको काम हेर्दा लोकमार्ग स्तरोन्नति छिट्टै सम्पन्न हुने आशा स्थानीयवासीको छ । २६ वर्षदेखि सडकको धूलो खाँदै आएका स्थानीयवासी सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको बागलुङ नगरपालिका–४ हाडेपाखाका देवी शर्माले बताइन् । अहिले जिल्ला सदरमुकामबाट अछेतेतर्फ कालोपत्रका लागि उपल्लाचौरबाट काम शुरू गरिएको र उपल्लो खण्डको राइटेपोखरीदेखि सापकोटा चोक हुँदै अमर मावि घुम्टीसम्म कालोपत्र भइरहेको स्थानीयवासी दिवस कँडेलले बताए । लोकमार्गको बिहुँ र बागलुङ बजार खण्डमा एकैपटक कालोपत्र गर्न निरन्तरको पहल र समन्वयका कारण सहज भएको हो । चैत मसान्तसम्ममा करीब १० मिलोमिटर सडक कालोपत्र गर्नेगरी ठेकेदार काममा खटिएको लोकमार्ग आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । ‘उपल्लाचौर र बिहुँबाट कालोपत्र थालिएको छ भने अछेते र तल्लो बिहुनमा पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘ठूलो चुनौतीका साथ ढिलै भए पनि सडक कालोपत्र थालिएको छ, अहिले उपल्लाचौरको न्यू ओएसिस स्कुलदेखि बिटुमिन छर्ने, धूलो उठाउने र कालोपत्र गर्ने काम शुरू गरिएको छ भने माथिल्लो खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।’ उक्त खण्डको बोक्सेमा भने पहिरो र पानीको मुहानका कारण ३०० मिटर सडक ढलान भइरहेको छ । लोकमार्ग अन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक कालोपत्र भइसकेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससीएफ/ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा  कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्र १४२ किलोमिटर पर्छ । यो सडकखण्डमा २५ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । रासस

साढे चार वर्षमा काठमाडौं महानगरमा २१० किमी सडक स्तरोन्नती

काठमाडौं महानगरपालिकाभित्र साढे चार वर्षको अवधिमा दुई सय १० किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको छ। त्यसमध्ये १ सय ९६ किमी सडक कालोपत्रे र १४.६८ किमी सडक ढलान गरिएको हो।...

बेनी–तातोपानी सडक खण्डको निर्माण धमाधम

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । सहायक ठेकेदारले अपूरो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन गत भदौमा काममा फर्किएका मुख्य ठेकेदारले अहिले कामलाई तीव्र बनाएका हुन् । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तर निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले बेनीदेखि तातोपानीसम्म सात ठाउँमा मजदूर र उपकरण परिचालन गरिएको बताए । उपकरण र मजदूरको संख्या बढाएर फरकफरक ठाउँमा परिचालन गरिएको उनको भनाइ छ । ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको उनले बताए । नदीजन्य वस्तुको अभाव भएको भन्दै उनले बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको जानकारी दिए । बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्र गर्ने ठेक्का लिएर अलपत्र पारेकाले लामा निर्माण कम्पनीका सञ्चालक जिपछिरिङ लामाको तस्विर सडकमा झुन्ड्याएर स्थानीयवासीले हालै विरोध व्यक्त गरेका थिए । २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक निर्माण २०७६ माघ ४ गते सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले बताएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले पछिल्लोपटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको बताए । चौथोपटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाइफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम शुरू गरेको ठेकेदार कम्पनीका व्यवस्थापक सदाले बताए । बेनी–तातोपानी खण्डमा कालोपत्र र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण शुरू गर्ने उनले बताए । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरबाङसम्म आठ किलोमिटरखण्ड सडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले बताएको छ । रासस

टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

काठमाडौँ । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । नयाँ […]

प्रदेश नं २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।   प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ ।

बागमती प्रदेशले तीन वर्षको अवधिमा बनायो सोह्र सय किमी सडक

काठमाडौँ । बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्...

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार

बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।उहाँका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिट

काठमाडौं महानगरको अर्धवार्षिक समीक्षा : रोकिएका काम तीब्र बनाउनु पर्नेमा जोड

महानगरले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ६९ वटा पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको छ । २०१ वटा चालु र १६५ वटा गएको बर्षबाट दायित्व सरेर आएका गरी ३६६ वटामध्ये २२५ वटा कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरू हुन बाँकी रहेको समीक्षामा जानकारी दिइएको थियो ।  यस अवधिमा २३ किलोमिटर सडक कालेपत्रे गरिएको छ । ३४ हजार १६५ बर्गमिटर सडक मर्मत गरिएको महानगरले जनाएको छ ।  महानगरका अनुसार, ४ वटा वडा भवन, २ वटा अन्य भवन र २ वटा आकाशे पुल निर्माण सम्पन्न गरिएको छ ।  ३ किलोमिटर ६१ मिटर सडक ढलान गर...