महानगरले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ६९ वटा पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको छ ।
२०१ वटा चालु र १६५ वटा गएको बर्षबाट दायित्व सरेर आएका गरी ३६६ वटामध्ये २२५ वटा कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरू हुन बाँकी रहेको समीक्षामा जानकारी दिइएको थियो ।
यस अवधिमा २३ किलोमिटर सडक कालेपत्रे गरिएको छ । ३४ हजार १६५ बर्गमिटर सडक मर्मत गरिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार, ४ वटा वडा भवन, २ वटा अन्य भवन र २ वटा आकाशे पुल निर्माण सम्पन्न गरिएको छ ।
३ किलोमिटर ६१ मिटर सडक ढलान गर...