मध्यपहाडी लोकमार्ग : ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको सडक दुई खण्डमा विभाजन कालोपत्र शुरू गरिएको छ । ठेक्का सम्झौता गरिएको ६ वर्षपछि बागलुङ बजार खण्ड र बिहुँ खण्डमा एकसाथ कालोपत्र शुरू गरिएको हो । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको अन्तिम चेतावनीपछि ठेकेदारले सडक कालोपत्र थालेको छ । अहिले उक्त खण्डमा २०० भन्दा बढी श्रमिक तथा साना–ठूला ५० भन्दा बढी उपकरण परिचालन गरेर कालोपत्रको काम शुरू गरिएको हो । अहिले भइरहेको काम हेर्दा लोकमार्ग स्तरोन्नति छिट्टै सम्पन्न हुने आशा स्थानीयवासीको छ । २६ वर्षदेखि सडकको धूलो खाँदै आएका स्थानीयवासी सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको बागलुङ नगरपालिका–४ हाडेपाखाका देवी शर्माले बताइन् । अहिले जिल्ला सदरमुकामबाट अछेतेतर्फ कालोपत्रका लागि उपल्लाचौरबाट काम शुरू गरिएको र उपल्लो खण्डको राइटेपोखरीदेखि सापकोटा चोक हुँदै अमर मावि घुम्टीसम्म कालोपत्र भइरहेको स्थानीयवासी दिवस कँडेलले बताए । लोकमार्गको बिहुँ र बागलुङ बजार खण्डमा एकैपटक कालोपत्र गर्न निरन्तरको पहल र समन्वयका कारण सहज भएको हो । चैत मसान्तसम्ममा करीब १० मिलोमिटर सडक कालोपत्र गर्नेगरी ठेकेदार काममा खटिएको लोकमार्ग आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । ‘उपल्लाचौर र बिहुँबाट कालोपत्र थालिएको छ भने अछेते र तल्लो बिहुनमा पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘ठूलो चुनौतीका साथ ढिलै भए पनि सडक कालोपत्र थालिएको छ, अहिले उपल्लाचौरको न्यू ओएसिस स्कुलदेखि बिटुमिन छर्ने, धूलो उठाउने र कालोपत्र गर्ने काम शुरू गरिएको छ भने माथिल्लो खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।’ उक्त खण्डको बोक्सेमा भने पहिरो र पानीको मुहानका कारण ३०० मिटर सडक ढलान भइरहेको छ । लोकमार्ग अन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक कालोपत्र भइसकेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससीएफ/ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा  कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्र १४२ किलोमिटर पर्छ । यो सडकखण्डमा २५ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । रासस

सम्बन्धित सामग्री

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

१८ माघ, बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बागलुङको […]

मध्यपहाडी लोकमार्ग विस्तारप्रति तेह्रथुमका स्थानीय आन्दोलित

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा आफूहरूकाे उठिबास हुने भन्दै बजारवासीले आन्दोलन गरेका छन् । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरुको उठिबास हुने भन्दै वसन्तपुर बजारबासीले आन्दोलन गरेरका हुन् । बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग […]

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडाैँ- पर्वतको मोदी गाउँपालिका-५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ। तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए। वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ। पहिरो पन्छाउन डोजर […]

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा जाने सवारीसाधन बाटैमा रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु बीच बाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरुद्ध...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो।...

रानीकोटमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रानीकोटमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।सडकमा पहिरो खसेपछि जिल्ला भित्रिने सवारी साधन र यात्रुहरु बीचमै अलपत्र परेका छन् । सडक खुलाउनका लागि बिहानैदेखि दुईवटा मेसिन प्रयोग भएका छन् । ठूलो पहिरो झरेकोले सडक खुल्न नसकेको कालिका कन्स्ट्रक्सनका सुपरभाइजर प्रकाश शाहीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध सडक एकतर्फी सुचारु

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि सुचारु भएको हो ।शुक्रबार दिनभर र शनिबार बिहान दुई वटा जेसिबी लगाएर पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । सडक एकतर्फी खुलेपछि अलपत्र सवारी साधनहरू गन्तव्यतिर लागेका छन् । जिल्ला भित्रै चल्ने सवारी साधन र रुकुमकोटबाट बा

पहिरो नरोकिदा मध्यपहाडी लोकमार्ग खुलाउन समस्या

पर्वत। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन। सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो। कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन्। सहस्रधारामा सडक बन्द