सम्झौताअगावै वारीवेनी–मल्लाज सडक निर्माण पूरा

पर्वत । विकास निर्माणका कतिपय आयोजनाहरू वर्षौंसम्म पनि पूरा हुन नसकेका घटना सार्वजनिक भइरहेका बेला यहाँको एक सडक आयोजना भने सम्झौताअगावै निर्माण पूरा भएको छ ।  पर्वतको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्झौता अवधि सकिनुभन्दा एक महिनाअघि नै सकिएको हो । जलजला गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान आयोजना सम्पन्न भएको छ ।  वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबियन र मेसिनरी पर्खाल निर्माण गर्न गण्डकी प्रदेश सरकारले रु. १ करोड र जलजला गाउँपालिकाले रु. १ करोड गरी रु. २ करोड विनियोजन गरिएको थियो ।  कालिका इन्फ्रास्टक्चर प्रा.लि.ले रु. १ करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । विभिन्न ठाउँमा ४०७ मिटर सडक ढलान र नाली निर्माण भएको इञ्जिनियर सुनील वानियाँले बताए ।  मेसिनरी र ग्याबियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा १ महिनाअघि नै निर्माण व्यवसायीले काम सकेका छन् । पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले बताए । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघि नै सकिएको छ । तीन किलोमिटर दुरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुंगाका भगवान जिसीले बताए । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् । मल्लाजको भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक संघीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । संघीय सरकारको रणनीतिक महत्त्वका सडक कार्यक्रममार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न रु. ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रा.लि.ले प्रारम्भिक चरणको कामलाई तीब्रता दिएको छ । मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक ७ मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।  यसैगरी सहरी विकास कार्यालय, बागलुङमार्फत दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको ५ किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम गरिरहेको छ । यो सडकलाई पनि ५ मिटर चौडाइका दरले कालोपत्र गर्ने योजना छ । केही दिनयता सडक निर्माणको काम सुस्ताएको मल्लाजका बासिन्दाले बताएका छन् । उक्त सडकको आइतवार पालिकाका उपाध्यक्ष आचार्यको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी, इञ्जिनियर सुनिल वानिया लगायतको टोलीले अनुगमन गरेको छ ।  

सम्बन्धित सामग्री

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ ।

सडक निर्माण नभएको भन्दै स्थानीयले गरे बन्द

बैतडीको दुदिलाखान गाँजरी सडक बन्द गरिएको छ। गाउँपालिकाको केन्द्र जर्गेसम्म सडक निर्माण नभएको भन्दै स्थानीयले सडक बन्द गरेका हुन्।...

घुर्मी–कुमालटार जोड्ने सडक निर्माण सुरु

उदयपुरको घुर्मीदेखि बिकट पहाडी ताप्ली गाउँपालिका जोड्ने कच्ची सडक निर्माण कार्य सुरु भएको छ।

मुगु–हुम्ला सडक निर्माण सम्पन्न

बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण भएको छ । मुगुको गमगढीदेखि हुम्ला चंखेली गाउँपालिकाको देउलीसम्मको उक्त सडक एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार...

रिल्मवासीले उधारोमै सडक निर्माण गरेर गाडी पुर्‍याए

सिमकोट – जिल्लाकै दूरदराजमा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँका स्थानीयले उधारोमा सडक निर्माण गरेर गाडी गाउँ पुर्‍याएका छन्। केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासन पाएपछि उधारोमा सडक निर्माण गरेर स्थानीयले गाडी रिल्म गाउँमा पुर्‍याएका हुन्। स्थानीय नन्दराज शर्माका अनुसार दुई वर्ष लगातार स्थानीय उपभोक्ताले सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँमा गाडी पुगेको […]

सडक निर्माण भएपछि एक घण्टाको यात्रा २० मिनेटमा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए । “गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो,” उनले

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक - नेपाली कांग्रेस

काठमाण्डाै - नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको भन्दै छिटो सडक निर्माण रोक्न माग गरेको छ ।सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कांग्रेसले जनाएको छ ।कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज वक्तव्य निकालेर ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको हो ।लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपा...

अन्तरपालिका जोड्ने १५ किमी सडक निर्माण

जुम्लाको पहिलो अन्तरपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण भएको छ । भौगोलिक रुपमा विकट जुम्लाका ग्रामिण बस्ती र पालिकामा यातायातको पहुँच विस्तार गर्न अन्तरपालिका जोड्ने १५ किमि सडक निर्माण भएको हो ।जुम्लाको तातोपानी र सिंजा गाउँपालिका जोड्ने ‘थारमारे–दिलौरी’ १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी […]

सडक निर्माण र स्तरवृद्धिमा ७१ करोेड विनियोजन

चालू आवमा सडक डिभिजन जुम्लाले सडक निर्माण तथा स्तरवृद्धिमा करिब ७१ करोड बजेट खर्चिने भएको छ । नयाँ सडक निर्माण, पुराना सडक स्तरवृद्धि, पक्की पुल निर्माण, कच्ची सडक निर्माणलगायतका पूर्वाधार विकासमा ७१ करोड बजेट विनियोजन भएको छ ।सडक निर्माण तथा स्तरवृद्धिका लागि पाँच वटा शीर्षकमा ७१ करोड विनियोजन भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले […]

काठमाडौँका अधिकांश सडक निर्माण ठप्प

–सञ्चिता घिमिरेकाठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन । निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै  सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक