काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको स्वामित्व खरिद गर्ने कम्पनीबारे आफू स्पष्ट रुपमा जानकार रहेको बताएका छन्।संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वेलायतमा कम्पनी खडा गरेर एनसेलको शेयर खरिद गर्नेहरूलाई आफूले राम्रोसँग चिनेको बताएका हुन्। ‘मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई पटक गएको छु । तिनै साथीहरुकोमा बसेको पनि छु। शेरबहादुर देउवा जाँदा पनि बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ । हाम्र