घरजग्गा कारोबारमा यसरी फस्दैछन् नयाँ कारोबारी

घरजग्गाको कारोबारमा संकुचन आएपनि बैंकहरुको लगानी भने बढिरहेको छ । वित्तीय प्रणालीमा तरलता अभावकै अवधिमा घरजग्गामा बैंकहरुले ६१ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनाबाटै तरलता अभाव देखिएको थियो । तर, साउनदेखि पौषसम्म घरजग्गामा बैंकको लगानी ६१ अर्ब ८२ करोड छ । गत वर्षको पहिलो ६ महिनामा बैंकहरुले १६ अर्ब ४८ करोड मात्रै घरजग्गामा लगानी गरेका थिए ।तरलता अभावले कारोबार घटिरहेको भएपनि जग्गाको भाउ भने निरन्तर बढिरहेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले अर्थतन्त्रमा हाल देखिएका समस्या समाधान गर्न भन्दै घरजग्गा कर्जामा कडाई गर्ने नीति राष्ट्र बैंकले अघि सारेको छ ।तर, राष्ट्र बैंकले अघि सारेको नीतिमा व्यवसायीहरु भने खुशी छैनन् । उनीहरुले घरजग्गामा हालसम्म भएको लगानी नै जोखिममा पर्ने खतरा बढेको बताउँदै आएका छन् । यति मात्रै नभई, राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जालाई जहिल्यै अनुत्पादक क्षेत्रको लगानी भन्ने गरेकामा व्यवसायीहरु सन्तुष्ट छैनन् ।मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने भनेको छ । राष्ट्र बैंकले घरजग्गामा लगानी हुने बैंकको कर्जामा पुनरावलोकन गर्ने भनेपनि कसरी हुने र कति हुने भन्ने उल्लेख गरिएको छैन ।‘कर्जा लगानी बढ्यो’राष्ट्र बैंकले धितो मूल्यांकनदेखि घर कर्जाका रुपमा प्रवाह हुने ऋणको सीमा नै घटाउने भित्रि तयारी गरिरहेको कतिपयको बुझाई छ । तर, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र राष्ट्र बैंकको तथ्यांक नै फरक छ । सिबिफिनको अध्ययन प्रतिवेदनले घरजग्गा कर्जा बाहेकको शीर्षकमा प्रवाह भएको केही ऋण पनि करजग्गामै लगानी भएको दाबी गरेको छ । यस्तो ऋण १०.५ खर्ब रहेको सिबिफिनको दाबी छ ।यसअघिःदुर्घटनाको डिलमा पुगेको घरजग्गा कारोबारलाई मौद्रिक नीतिको समिक्षाले झनै धकेल्योराष्ट्र बैंकले भने घरजग्गामा आवासिय घरकर्जासहित कुल लगानीको २५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंक भने घरजग्गामा ५.५ खर्ब मात्रै लगानी रहेको दाबी गर्छ ।६ महिनामा घरजग्गा कर्जा १२ प्रतिशत र ओभर ड्राफ्ट कर्जा २१ प्रतिशतले बढेको छ ।फस्दै नयाँ कारोबारीघरजग्गा क्षेत्रमा भर्खरै छिरेका कारोबारीहरु अहिले फस्ने जोखिम रहेको यो क्षेत्रका जानकारहरु बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत गरेको व्यवस्थाले ठूला र पूराना कारोबारीहरु नयाँ व्यवसायीलाई केही सस्तोमा जग्गा दिएर आफू बाहिरिने क्रम बढेको जानकारहरुको दाबी छ ।‘राष्ट्र बैंकले यस्तो नियम ल्याउन सक्छ भनेर पूर्व सूचना राख्ने हैसियत भएका व्यवसायीहरुले नयाँ व्यवसायीलाई भ्यालुएशनभन्दा १/२ लाख सस्तोमै जग्गा बेचेर निस्किने क्रम करिब १ महिना अगाडीबाटै सुरु भएको थियो’ एक जना व्यवसायी भन्छन्, ‘मौद्रिक नीतिको समिक्षा आएपछि कुनै पनि ठूला व्यवसायीको प्रतिक्रिया सुन्नु भएको छ ? अफिसियल कोही कोही बोल्ने जिम्मेवारीमा भएर बोल्नुभयो होला, नत्र ठूला व्यवसायी बोलेका छैनन्, बोल्यो भने जग्गा भिडाउन पाइँदैन भनेर उनीहरु चलाख भएर नबोल्या हुन् ।’ती व्यवसायीले राष्ट्र बैंकको नीतिले ५/६ वर्ष कुरेर नाफा कमाउँदा पनि हुन्छ भन्ने व्यवसायीले जग्गा किनेर राख्दा हुने तर, ६ महिना वा १ वर्षमा नाफा कमाउने गरी अहिले जग्गामा लगानी गर्ने वातावरण नरहेको बताए ।

सम्बन्धित सामग्री

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

सर्लाहीमा लागूऔषधको कारोबारी बढे

सर्लाही– भारतीय बजारसँग सिमा जोडिएको सर्लाहीमा लागूऔषधको कारोबारी बढेको छ । खुला सीमानाका कारण सर्लाही लागूऔषधको ट्रान्जिट बनेको छ । लागूऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको मात्र भर छ । लागूऔषध नियन्त्रणमा स्थानीय सरकारले सक्रियता देखाएको छैन । लागूऔषधको कारोबारमा पहाडी जिल्लाबाट समेत सर्लाहीलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन् । लागूऔषधको कारोबारीहरू खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागूऔषध खरिद गरी पहाडी […]

४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ

काठमाडाैं । काठमाडाैंमा ४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय नेपाली नागरिक उमेश महेश्वरीलाई रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई राजधानीको ढल्कोबाट अवैध हुन्डी कारोबारमा संलग्न रहेकाे आराेपमा पक्राउ गरेकाे हाे । उनीहरुले भारतीय नागरिक […]

सुराकका भरमा मात्रै पक्रिन्छन् लागुऔषध कारोबारी

काभ्रेपलाञ्चाेक - इलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई गएकाे शनिवार राति पक्राउ गर्यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो ।  लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिवार बनेपा नपा–१० बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ...

सुराकमा मात्रै पक्राउ पर्छन् कारोबारी

इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ ग-यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो । लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिबार बनेपा नपा–१० बाट पक्राउ गरिएको इप्रका बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।&nbs

आमाछोरा नै लागुऔषध कारोबारी

सुर्खेतको वीरेन्द्रनगरमा आमा–छोरा नै लागु औषधको कारोबारमा संलग्न रहेको पाइएको छ । शुक्रबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरको भेटेरिनरी लाइनमा रहेको स्थानीय ४० वर्षीया सुमित्रा कामीको घरमा छापा हानेको थियो । गोप्य सूचनाको आधारमा छापा हानेको प्रहरीले सुमित्रा र उनका २३ वर्षीय छोरा रमेश सुनारसहित पाँच जनालाई लागु औषध कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अन्यमा  वीरेन्द्रनगर नगरपालिका–८ का २१ वर्षीया जीवन मर्स्याङ्दी मगर, वीनपा–७ का २६ वर्षीया ललित

लागुपदार्थ खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ

काठमाडौं : लागुपदार्थ खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ। देशका विभिन्न ठाउँमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोको टोलीले उपत्यकाकालगायत विभिन्न ठाउँबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो। उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुको साथबाट १ सय ९१ दशमलव ७१ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ। पक्राउ पर्नेमा काठमाडौ

खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

काठमाडौं-  लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागूऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्युरोबाट परिचालित टोलीले उपत्यकाका लगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइन सहित उनीहरूलाई पक्राउ गरेको हो । उपत्यकामा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट […]

लुम्बिनीका ५ जिल्लामा बढ्दै लागुऔषध कारोबार

दाङ – लुम्बिनी प्रदेश राजधानी दाङसहित, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु दाङ र रुपन्देहीमा लागुऔषध कारोबार मौलाउँदै गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्यरुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् । लुम्बिनी प्रदेश […]

नक्कली नोट कारोबारी सार्वजनिक

जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संग्लन गरेका ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनीक गरेको छ । धनकुटाका विभिन्न स्थान र सुनसरीको इटहरीबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।नक्कली नोट कारोबारमा पक्राउ पर्ने हरु बाट प्रहरीले १ सयवटा हजार दरका नक्कली नोट समेत सार्वजनिक गरेको छ । धनकुटा नगरपालिका वडा न १ […]