इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ ग-यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो । लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिबार बनेपा नपा–१० बाट पक्राउ गरिएको इप्रका बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।&nbs