आमाछोरा नै लागुऔषध कारोबारी

सुर्खेतको वीरेन्द्रनगरमा आमा–छोरा नै लागु औषधको कारोबारमा संलग्न रहेको पाइएको छ । शुक्रबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरको भेटेरिनरी लाइनमा रहेको स्थानीय ४० वर्षीया सुमित्रा कामीको घरमा छापा हानेको थियो । गोप्य सूचनाको आधारमा छापा हानेको प्रहरीले सुमित्रा र उनका २३ वर्षीय छोरा रमेश सुनारसहित पाँच जनालाई लागु औषध कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अन्यमा  वीरेन्द्रनगर नगरपालिका–८ का २१ वर्षीया जीवन मर्स्याङ्दी मगर, वीनपा–७ का २६ वर्षीया ललित