सुराकका भरमा मात्रै पक्रिन्छन् लागुऔषध कारोबारी

काभ्रेपलाञ्चाेक - इलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई गएकाे शनिवार राति पक्राउ गर्यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो ।  लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिवार बनेपा नपा–१० बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ...