स्ववियु निर्वाचन– नेपाल ल क्याम्पसमा अखिल (क्रान्तिकारी) र नेविसंघबीच गठबन्धन, सभापतिको उम्मेदवार ढुंगेल

काठमाडौं, २८ फागुन । नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बीच तालमेल हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) र नेविसंघले साझा उम्मेदवार बनाउन लागेको हो । सभापति अखिल (क्रान्तिकारी) को भागमा परेको […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै पोखराको पीएन क्याम्पसमा तालाबन्दी

पोखरा । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यालय र क्याम्पस प्रशासनमा तालाबन्दी भएको छ । क्याम्पसको निर्वाचन समितिले स्ववियु निर्वाचनको मिति संशोधन गरी प्रकाशन गरेको भोलीपल्टै ४ विद्यार्थी संगठनले क्याम्पस प्रशासन र स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियू कास्की, अखिल (क्रान्तिकारी) बिप्लब, अखिल (क्रान्तिकारी) संयुक्त र अखिल (छैठौं) ले […]

बाँकी क्याम्पसको स्ववियु निर्वाचन ३० चैतमा गर्न विद्यार्थी संगठन सहमत

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यही चैत ३० गते गर्न चार विद्यार्थी संंगठन सहमत भएका छन्। स्ववियु निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका हुन्।नेपाल विद्यार्थी संघ,अनेरास्ववियू,अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालाबन्दी र विद्यार्थी संगठनहरूको विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा शान्तिपूर्ण तरिकाले मतदान गर्न सहमति भएको छ।यो समयमा निर्वाचन बिथोल्न नपाइने र तालाबन्दी गर्ने कार्य भए प्रशास

स्ववियु निर्वाचन : ४ क्याम्पसको मत परिणाम सार्वजनिक‚ २ को चुनाव अनिश्चित

बैतडी : त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीका ४ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।गए राति सकिएको गणनापछिको अन्तिम मतपरिणाम अनुसार यहाँका २ क्याम्पसमा अनेरास्ववियु र १/१ मा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन्।श्रीकोट बहुमुखी क्याम्पस र नवप्रभात संयुक्त क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ।श्रीकोटमा अनेरास्ववियुका शम्भु गिरी २९ मतान्तरले सभापति विजयी भएका छन्। ग

स्ववियु निर्वाचन – कैलालीको घोडाघोडी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

चैत ६ काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत कैलालिको घोडाघोडी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी विजयी भएको छ । क्रान्तिकारीका उमेद्धार प्रेमबहादुर सहकारी ४९८ मत ल्याई निर्वाचित भएका हुन ।सचिवमा ४९८ नै मत प्राप्तगरी हुकुम आचार्य विजयी भएका छन ।

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक, कसले कति जिते ?

कर्णाली - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम गरेको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । विविध कारण...

स्ववियु निर्वाचन – ६० प्रतिशत मत खस्यो

–सय बढीमा निर्विरोध –चितवन र कास्कीका कुनै पनि क्याम्पसमा निर्वाचन भएन –राति अबेरसम्मको परिणामअनुसार देशभरका ६० क्याम्पसमा एमाले अखिल – ३०, नेवि संघ – १३, अखिल क्रान्तिकारी (माओवादी) – १२, अखिल एस – ३, विप्लव अखिल – १, जनमोर्चा अखिल – १ काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइतबार ३९ वटा आंगिक क्याम्पसमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा […]

पीएन क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् । कर्मचारीले विद्यार्थीहरूको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा ढोकाको विज्ञप्ति टाँसेर तालाबन्दी गरेको हो । ‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको […]

स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने

काठमाडौँ– आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।  नेत्रविक्रम  चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजित बुढाथोकीनिकट विद्यार्थी […]

छोराभन्दा छोरीहरू अझबढी मेहनती र जिम्मेवार हुन्छन्: विप्लव

काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छोरीहरू मेहनती र जिम्मेवार हुने बताएका छन्। बुधबार अखिल (क्रान्तिकारी) पद्मकन्या बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रित सांकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। छोराहरूभन्दा छोरीहरूमा धीरता हुने र जिम्मेवारी पनि सहजै वहन गर्ने क्षमता छोरीमान्छेमा हुने उनको भनाइ छ। कार्यक्रममा सम्बोधनका क्रममा चन्दले […]