चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ ।
वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उनीहरुबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो ।
विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिश्पर्धी मुलुकका प्रमुखहरुका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ ।
टेलिफोन कुराकानीका क्रममा उनीहरुले चिनियाँ नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।
उनीहरुबीच यस पर्वको शुभकामनासँगै...