वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।युक्रेन आक्रमणका क्रममा रूसलाई सैन्य र आर्थिक सहायता उपलब्ध नगराओस् भनी अमेरिकाले चीनलाई रोक्न खोजिरहेको छ।युक्रेनविरुद्ध रूसी आक्रमणलाई लिएर अमेरिका र चीनबीचको मतभेद यस वार्ताको केन्द्रमा हुने अपेक्षा गरिएको छ।ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनको समर्थन र युक्रेनमा रूसको बर्बर हमलाको निन्दा नगरेका विषयमा सीसँग प्रश्न गरेको बताए