सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीले सरकारवाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहिवार स्पष्टिकरण सोधेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष कर्ण बहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह,उद्योग,पर्यटन बन तथा बतावरण मन्त्री माया भट्ट र समाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई २४ घण्टा भित्र स्पष्टीकरण माग गरेका छन ।

सम्बन्धित सामग्री

चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड  (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत

जसपाले सोध्यो आफ्ना मन्त्रीलाई ७ दिने स्पष्टीकरण

काठमाडौं : जनता  समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई स्पष्टीकण सोधेको छ। आइतबार सरकारमा गएका सबै मन्त्रीहरूलाई स्पष्टीकरण सोधेको हो।पार्टीको निर्णयबिना सरकारमा सामेल भएपछि कारबाही प्रक्रिया अघि बढाउनको लागि ७ दिनको स्पष्टीकरण सोधेको अध्यक्ष उपेन्द्र यादवले थाहाखबरलाई जानकारी दिए।उनले भने, ‘पार्टीले सरकारमा जाने कुनै निर्णय गरेकै छैन। तर, उहाँहरु सरकारमा जानुभएको छ। उहाँहरूले जवाफ नफर्काए पार्टीको विधानलाई टेकेर कारबाही प्रक्रिया अघि बढ्छ।’जसपाको अर्का अ

जसपाबाट ओली सरकारमा सहभागी मन्त्रीलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई  स्पष्टीकरण सोधका छन् । अध्यक्ष यादवले मन्त्रीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहितको जवाफ दिन भन्दै पत्र लेखेका हुन् । यादवले ओली सरकारमा मन्त्री बनेका राजकिशोर यादव, अनिलकुमार झा, चन्दा चौधरी, शरतसिंह भण्डारी, एकवला मियाँ, चन्द्रकान्त चौधरी, रेणुका दाहाल, उमाशंकर अरगरिया र विमल श्रीवास्तवलाई स्पष्टीकरण सोधेका छन् ।जेठ ८ गते बसेको कार्यकारिणी

एमालेले सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीलाई सोध्यो स्पष्टीकरण

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।  बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । एमालेको स्थायी कमिटी बैठकले सोमवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।...

एमालेले सोध्यो सुदूरपश्चिमका तीन मन्त्रीलाई स्पष्टीकरण

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा रहेका पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशनअनुसार सरकारबाट फिर्ता नभएको भन्दै प्रदेश कमिटीले तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र लिखित जवाफ बुझाउन निर्देशन...

यस्तो छ सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्

एमालेले माग्यो सुदुपश्चिममा तीन मन्त्रीसँग स्पष्टीकरण

धनगढी। नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीले तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको छ। प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंहले हस्ताक्षर गरी सरकारमा रहेका प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण सोधेका हुन। एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो।