जसपाले सोध्यो आफ्ना मन्त्रीलाई ७ दिने स्पष्टीकरण

काठमाडौं : जनता  समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई स्पष्टीकण सोधेको छ। आइतबार सरकारमा गएका सबै मन्त्रीहरूलाई स्पष्टीकरण सोधेको हो।पार्टीको निर्णयबिना सरकारमा सामेल भएपछि कारबाही प्रक्रिया अघि बढाउनको लागि ७ दिनको स्पष्टीकरण सोधेको अध्यक्ष उपेन्द्र यादवले थाहाखबरलाई जानकारी दिए।उनले भने, ‘पार्टीले सरकारमा जाने कुनै निर्णय गरेकै छैन। तर, उहाँहरु सरकारमा जानुभएको छ। उहाँहरूले जवाफ नफर्काए पार्टीको विधानलाई टेकेर कारबाही प्रक्रिया अघि बढ्छ।’जसपाको अर्का अ

सम्बन्धित सामग्री

सुदूरपश्चिममा पेचिलो बन्दै एमाले विवाद, माओवादीका नेता–कार्यकर्ता रुष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशमा एमाले भित्रको किचलो झनै पेचिलो बन्दै गएको छ।जेठ १० गते एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थनसहित एमालेले आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुनसमेत निर्देशन समेत दियो। तर, त्यो निर्देशन कार्यन्वयन हुन सकेन। मन्त्रीहरू फिर्ता नभएपछि पार्टीको निर्णय अटेर गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश समितिले ३ मन्त्रीलाई स्पष्टीकरण सोध्यो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र माओवाद

एमालेले सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीलाई सोध्यो स्पष्टीकरण

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।  बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । एमालेको स्थायी कमिटी बैठकले सोमवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।...