साउदी अरेबियाले हटायो विदेशी उडानमा लगाएको प्रतिबन्ध

१९ पुस, काठमाडौं । साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) मुलुकमा फैलिन नदिन विदेशी उडानमा रोक लगाउने निर्णय गरेको थियो । आइतबार साउदी गृह मन्त्रालयले प्रतिबन्ध हटेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साउदीले लगाएको हवाई, जमिन तथा समुद्री मार्ग हुँदै मुलुक […]

सम्बन्धित सामग्री

२०१९ कै लयमा फर्किंदै सिजनको पर्यटन

काठमाडौं। मुख्य पर्यटकीय सिजन शुरू हुँदै गर्दा पर्यटक आगमनमा सुधार देखिएको छ । यस वर्ष पर्यटकीय सिजन भनिने महीनाहरूको विदेशी आगमन सन् २०१९ कै अवस्थामा पुगेको देखिएको छ । सन् २०२३ मा नेपाल आएका पर्यटकको तथ्यांक हेर्दा अन्य महीनाको तुलनामा सिजनका महीनामा बढी देखिन्छ । कतिपय महीनाको आगमन सन् २०१९ कै नजिक पुगेको देखिन्छ । नेपालमा बसन्त (मार्च, अप्रिल र मे) र शरदयाम (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) लाई पर्यटकीय सिजन मानिन्छ । शरदयामलाई मुख्य सिजन मानिन्छ ।  पर्यटकीय सिजन शुरू हुने महीना सेप्टेम्बरमा विदेशी आगमन संख्यामा विगत वर्षका तुलनामा उल्लेख्य सुधार देखिएको हो । सन् २०२३ को सेप्टेम्बरमा हवाईमार्ग हुँदै ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्षको पर्यटकीय सिजनको आगमन कोभिड–१९ पूर्वको वर्ष सन् २०१९ को हाराहारीमा छ ।  सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक हवाईमार्गबाट नेपाल आएका थिए । सन् २०२० र २१ मा उक्त महीनामा नेपाल आउने पर्यटकको संख्या न्यून छ । यी २ वर्ष कोभिड–१९ महामारी, सीमापार आवागमन र अन्तरराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध, अनिवार्य क्वारेन्टाइन, कोरोनाविरोधी खोपको अनिवार्यतालगायत कारण विश्वभर पर्यटक आवागमन प्रभावित भएको थियो । सन् २०२२ बाट सेप्टेम्बरमा आउने पर्यटक संख्या बढेको हो ।  यस वर्ष मे र जुनमा सन् २०१९ को ती महीनाको तुलनामा बढी पर्यटक आएको देखिन्छ । यस वर्ष सेप्टेम्बरको आगमनले सन् २०१९ लाई भेट्न खोजेको देखिन्छ । अन्य महीनाको आगमन भने तुलनात्मक रूपमा कम छ । यसैलाई आधार मानेर पर्यटन व्यवसायी यो व्यवसाय सन् २०१९ को अवस्थामा अझै नफर्किएको तर्क गर्छन् । सिजनका २ महीनामा सन् २०१९ को तुलनामा बढी र कतिपय महीनामा नजिक पुग्ने गरी पर्यटक आएको तथ्यांकले देखाउँछ ।  यो वर्ष सेप्टेम्बरसम्मा कुल ६ लाख ९२ हजार ३७२ पर्यटक हवाईमार्गबाट आएका छन् । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए ।  होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले मुख्य सिजन भएकाले अब नोभेम्बरसम्म पर्यटक आगमन बढ्दै जाने अनुमान गरे । ‘सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा गरी ३ लाखसम्म पर्यटक आउने हाम्रो अनुमान छ,’ शाक्यले भने, ‘अहिले काठमाडौंका होटेलमा ६० प्रतिशतभन्दा बढी कोठा बुकिङ भइसकेको छ, अनलाइन बुकिङका कारण ३/४ दिनअघि मात्रै जानकारी हुने भएकाले बुकिङ थप बढ्नेछ । पोखरामा भने बुकिङ कम देखिएको छ ।’ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदी भने पर्यटन सन् २०१९ कै अवस्थामा फर्किन बाँकी रहेको बताउँछन् । सन् २०२४ मा भने सामान्य अवस्थामा नै फर्कन सक्ने उनको अनुमान छ । अहिलेको पर्यटक आगमनलाई सकारात्मक मान्न सकिने भन्दै उनले अफ सिजनमा भने कोभिडकै असर र विश्व आर्थिक अवस्थाका कारण पर्यटक आउन नसकेको बताए ।  बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा पनि अन्य महीना जस्तै भारतबाट सबैभन्दा बढी पर्यटक आएका छन् । भारतबाट यो महीना २८ हजार ६९४ पर्यटक आएका छन् । संख्याको हिसाबले दोस्रोमा चीन छ । चीनबाट सेप्टेम्बरमा ८ हजार १७४ पर्यटक आएका छन् । यसपछि संयुक्त राज्य अमेरिका, बंगलादेश, अस्ट्रेलिया, बेलायत, श्रीलंका, जर्मनी, दक्षिण कोरिया र इजरायलबाट बढी संख्यामा पर्यटक आएको देखिन्छ ।

भुटानमा विदेशी पर्यटकका लागि दुई वर्षपछि प्रवेश खुल्ला

भुटानले दुई वर्ष भन्दा लामो प्रतिबन्धपछि विदेशी पर्यटकका लागि देशको सीमाना खुल्ला गरेको छ । कोरोना महामारीका कारण विदेशी पर्यटकका लागि प्रतिबन्ध लगाएकोमा कोरोना संक्रमणको जोखिम कम भएसँगै खुल्ला गरेको भुटानी अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटिभीले जनाएको छ । कोरोना महामारीका कारण शुरु भएको लकडाउनपछि हिजो पहिलोपटक २३ जना विदेशी पर्यटकहरु भुटानमा पुगेका छन् । विदेशी पर्यटकका लागि खुल्ला गरिएपछिको पहिलो उडानमा थिम्पु पुगेका पर्यटकलाई भुटानले उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सान...

अप्रिलमा हवाईमार्गबाट ५८ हजार विदेशी

काठमाडौं । गत अप्रिलमा हवाईमार्गबाट ५८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ५८ हजार ३४८ विदेशी पर्यटक त्रिभुवन विमानस्थल नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसपालि अप्रिलको पर्यटक आगमन पोहोर अप्रिलको तुलनामा १५९ दशमलव ९ प्रतिशतले बढी हो । पोहोर अप्रिलमा २२ हजार ४५० पर्यटक आएका थिए । गत वर्ष अप्रिल अन्तिम साता कोरोना महामारीको दोस्रो लहर शुरू हुन थालेको थियो । मेको पहिलो साता (वैशाख तेस्रो हप्ता) त नेपाल सरकारले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइसकेको थियो । ओसेनिया क्षेत्रका पर्यटकको संख्या यसपालि सर्वाधिक बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक संख्या २ हजार ६४१ दशमलव ७ प्रतिशतले बढेको छ । पोहोर अप्रिलमा ती २ मुलुकबाट १०३ जनामात्र नेपाल आएकामा यसपालि बढेर २ हजार ८२४ पुगेको हो । कोरोना महामारी शुरू भएदेखि नै अस्ट्रेलियाले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण अस्ट्रेलिया आउजाउ सहज थिएन । ओसेनियापछि बढी पर्यटक संख्या बढ्नेमा यूरोपेली क्षेत्र परेको छ । यूरोपबाट पोहोर अप्रिलमा २ हजार ५९९ पर्यटक आएकामा यसपालि बढेर १६ हजार ३०० पुगेको छ । यो ५२७ दशमलव २ प्रतिशतको वृद्धि हो । अमेरिका र क्यानडाको आगमन १७२ दशमलव ९ प्रतिशतले बढेको छ । ती दुई मुलुकबाट पोहोर २ हजार ९२५ पर्यटक आएकामा यसपालि ७ हजार ९८२ जना आएका छन् । एशियाली मुलुकको पर्यटक आगमन भने ८१ दशमलव ६ प्रतिशतले बढेको छ । एशियाली मुलुकबाट पोहोर अप्रिलमा वर्ष १ हजार १७३ पर्यटक आएकामा यसपालि २ हजार १३० जना आएका छन् । सार्क क्षेत्रको आगमन ७९ दशमलव ५ प्रतिशतले बढेको छ । देशगत रूपमा सबैभन्दा बढी भारतीय आएका छन् । गत अप्रिलमा हवाईमार्गबाट नेपाल आउने भारतीयको संख्या २२ हजार ४७७ छ । दोस्रो नम्बरमा अमेरिकी छन् । उक्त अवधिमा ६ हजार ९५४ अमेरिकी नेपाल आएका छन् । तेस्रो नम्बरमा रहेको बेलायतबाट ५ हजार २५२ जना आएका छन् । चौथो र पाँचौं नम्बरमा क्रमश: अस्ट्रेलिया र जर्मनी छन् । अस्ट्रेलियाबाट २ हजार ७२६ र जर्मनीबाट २ हजार ९७ जना नेपाल आएको बोर्डले जनाएको छ । यसपालि अप्रिलको आगमनले कोरोना संक्रमण कम भएसँगै पर्यटन क्षेत्र लयमा फर्किन थालेको संकेत गरेको छ । कोरोना महामारीपूर्व सन् २०१९ अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । सन् २०२० अप्रिलमा भने १४ जना मात्रै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नेपाल पर्यटन तथ्यांक २०२० मा उल्लेख छ । सन् २०२० को अप्रिलमा भने कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले सरकारले बन्दाबन्दी गर्नुका साथै अन्तरराष्ट्रिय उडान रोकेको थियो ।

युक्रेनमा युद्दको डर बढेपछि आफ्ना नागरिकलाई देश फर्काउदै भारत

युक्रेनमा रसियाले हमला गर्ने र युद्द सुरु हुने आशंकाका बीच भारतले आफ्ना नागरिकलाई युक्रेनबाट फिर्ता ल्याउन सुरु गरेको छ । भारतको एयर इन्डिया जहाजले युक्रेनको राजधानी किभबाट नागरिक फिर्ता ल्याउन सुरु गरेको हो ।टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाले ३ वटा जहाजमार्फत किभबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने छ । भारतले गत साता मात्र एयर बबल सम्झौता अनुसार भारत र युक्रेनबीच हुने उडानमा लगाईएको कोटा हटाएको थियो । यस संगै अब विमान कम्पनीहरुले आवश्यकता अनुसार भारत र युक्रेनबीच उडान गर्न सक्ने छन् । त्यस्तै भारतले युक्रेनमा रहेका विद्यार्थीहरुलाई युक्रेन छोड्न आग्रह गरेको छ । युक्रेन स्थित भारतीय दुतावासले विश्वविद्यालयको अनलाइन कक्षाबारेको सूचना नपर्खन र तत्काल देश छाड्ने तयारी गर्न आग्रह गरेको हो । हाल एयर इन्डिया बाहेक, एयर अरेबिया, फ्लाई दुवै, कतार एयरवेजले पनि युक्रेन-भारत उडान गर्दै आएका छन् ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएसंगे त्यस क्षेत्रमा संकट बढेको हो । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई रुसले स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको हो । यी रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ। उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्। घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा''शान्ति स्थापनाका लागि भूमिका निर्वाह'' गर्ने उल्लेख गरिएको छ। एक सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुह्यान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई 'विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन' भनेका छन्। सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्।रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ। एक अमेरिकी अधिकारीले पुटिन आफैँले खडा गरेको द्वन्द्वलाई तीव्रता दिएको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरस र युरोपेली सङ्घले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन बताएका छन्।

वायु सेवा निगमको सुधारमा को बाधक ?

बीस वर्षअघि नै गरिएका अध्ययनहरूले नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी र आर्थिक रूपले बलियो बनाउन विभिन्न सुझाव दिँदै आएका छन् । तर, ती सुझावको कार्यान्वयन गर्न कुनै पनि सरकारले पाइला चाल्न सकेनन् । त्यही भएर यो सेतो हात्ती नेपालको सार्वजनिक संस्थानको असफलताको उदाहरण नै बनेको छ । विदेशी रणनीतिक साझेदार ल्याएको भने निगम अहिले नेपाल आउने बाह्य कम्पनीहरूमाझ बलियो भइसक्थ्यो होला । अहिले त आन्तरिक उडानमा समेत निजी कम्पनीहरूले नाफा कमाउँदै, जाँदा निगम घाटामा जाँदै छ । आफैले गराएका आधा दर्जन बढी अध्ययनका सुझाव लत्याएर सरकारले जुन बेथितिका साथ निगम सञ्चालन गर्न दियो, त्यसकै परिणाम आज निगम ४७ अर्ब ऋणमा डुबेको छ । निगमको घाटाको एउटा प्रमुख कारण चिनियाँ जहाज हो । चिनियाँ जहाज किन्दा धेरै खालको नराम्रा असर पर्ने भनी विरोध हुँदा पनि राजनीतिक नेतृत्वले प्राविधिक पक्ष नहेरी चिनियाँ जहाज खरीद गर्ने निर्णय गर्‍यो । ती जहाजले खर्च बढाएको बढायै छन् तर कमाउने सुरसार छैन । यही जहाजका कारण नेपाल यूरोपेली संघको कालो सूचीमा परेको हो भनी विश्लेषणसमेत गरिन्छ । नेपाली जहाजलाई यूरोपमा उड्न त्यो बेला लागेको प्रतिबन्ध अहिलेसम्म पनि खुलेको छैन । ईयूले नेपाली जहाजहरूको सुरक्षाका बारेमा प्रश्न उठाएपछि त्यसले नेपालको पर्यटन क्षेत्रलाई पनि असर पार्‍यो । ती जहाज किन्दा लागेको ऋण तिर्ने बाटो नै देखिँदैन । निगमसँग दुईओटा वाइड–बडी जहाज छन् । प्रत्येक जहाजको २७४ जना यात्रु बोक्ने क्षमता छ । साधारणतया न्यारो–बडी जहाजको १४० देखि १७० जनासम्म यात्रु बोक्ने क्षमता हुन्छ । वाइड–बडी जहाज न्यारो–बडीको तुलनामा धेरै महँगो हुन्छ र यसले तेल पनि धेरै खान्छ भनिन्छ । यस्तोमा, वाइड बडी जहाज किन्दा निगम समस्यामा परेको देखिन्छ । बजार राम्रो पाएको भए यसले कमाउन सक्थ्यो । तर, अहिलेसम्म लामो दूरीमा यसले उडान गर्न पाएकै छैन । यूरोपका प्रमुख शहरमा यो उडाउन सकेको भए निगम घाटामा गए पनि मुलुकको पर्यटनले लाभ लिन सक्थ्यो । त्यसो नहुँदा अहिले यी जहाज निगमका लागि यति ठूलो बोझ भएका छन् कि निगम माथि उठ्नै सक्ने देखिँदैन । कोभिडको संकट सकिएपछि आउने दिनहरूमा पनि वाइड–बडीका जहाज जापान, कोरिया र साउदी अरेबिया वा सिड्नी उडाएर नाफामा लैजान कठिन रहेको धेरैको भनाइ छ । निगमको यस्तो अवस्था आउनुमा राजनीतिक हस्तक्षेप प्रमुख कारण मानिन्छ । निगमको प्रमुखमा व्यावसायिक मान्छे आउन नदिने लामो समयसम्म का मगर्न नदिने गर्दा यो अस्थिरताको शिकार बनेको हो । अहिले निजीकरणका लागि लागिपरेका प्रकाश पौडेललाई बीचैमा निष्क्रिय पारियो । कुनै पनि नेतृत्वले ल्याएको योजनामा उसले काम गर्न नपाएपछि कसरी निगम व्यावसायिक बन्न सक्छ ? विनय श्रेष्ठ नयाँ बजार, काठमाडौं ।

हङकङद्वारा भारतसहित आठ मुलुकसँगको हवाइ उडानमा रोक

हङकङ । आफ्नो मुलुकसँग हुने विदेशी उडानमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि हङकङले भारतसहितका आठ मुलुकसँगको उडानमा प्रतिबन्ध लगाएको छ । ओमिक्रोन भेरिअन्ट संक्रमण फैलन सक्ने भन्दै उसले भारत‚ अस्ट्रेलिया‚ क्यानडा‚ फ्रान्स‚ पाकिस्तान‚ फिलिपिन्स‚ बेलायत र अमेरिकाबाट हुने हवाई उडानलाई दुई सातासम्मका लागि रोक लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यी देशहरूमा तुलनात्मक रुपमा ओमिक्रोन […]

जापानले रोक्यो सबै विदेशी उडान

कोभिड–१९ को नयाँ भेरिएन्ट फैलन थालेसँगै जापानले सबै विदेशी उडानहरु अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको छ । जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । जापानी प्रधामन्त्री फुमियो किसिदाले खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरिएको बताएका छन् । यसअघि करिब १ महिना अगाडी विद्यार्थी, कामदार र पर्यटकको लागि जापानले आवागमन खुला गरेको थियो । तर, दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो ।

पर्यटनले गति लिँदै

अर्थतन्त्र चलायमान बनाउन र कोरोना कहरका कारण थलिएको पर्यटन उद्योगलाई लयमा फर्काउने प्रयाससहित सरकारले कोरोना महामारीका बीचमा पनि विदेशी पर्यटक आगमन बिस्तारै खुला गरेको हो । कोरोना कहरबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटनले करिब आठ महिनापछि बिस्तारै गति लिन थालेको छ । सरकारले कोरोना संक्रमण रोक्न २०७६ चैत ९ गतदेखि बाह्य उडानमा प्रतिबन्ध लगाएको थियो […]

अलपत्र परेका विदेशी पर्यटकको उद्धार

पोखरामा अलपत्र परेका विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । सरकारले एक साताका लागि आन्तरिक उडानमा प्रतिबन्ध लगाएपनि ५८ विदेशीलाई बुद्ध एयरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएका अधिकांश फ्रान्सेली नागरिक छन् । उनीहरुलाई फिर्ता लैजान फ्रान्सले चार्टर्ड विमानको बन्दोबस्त गर्दैछ । बिहीबार नै तारा एयरले पनि लुक्लाबाट १५ विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएको छ ।

बाहिरबाट कोरोना भित्रिन थालेपछि चीनले विदेशीका लागि ढोका थुन्यो

चीनले विदेशीहरूको आगमनमाथि प्रतिबन्ध लगाएको छ। भिसा भएका वा बसोबासकै अनुमति भएकामाथि पनि चीन छिर्न रोक लगाइएको हो।  स्थानीय संक्रमण रोक्न महत्वपूर्ण उपलब्धी हासिल भएपनि बाहिरबाट  संक्रमण भित्रन थालेपछि चीनले कठोर कदम उठाएको हो।  चीनले यसलाई अस्थायी प्रतिबन्ध भनेको छ। चीनले स्वदेशी तथा विदेशी हवाइ उडानमा...