हङकङद्वारा भारतसहित आठ मुलुकसँगको हवाइ उडानमा रोक

हङकङ । आफ्नो मुलुकसँग हुने विदेशी उडानमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि हङकङले भारतसहितका आठ मुलुकसँगको उडानमा प्रतिबन्ध लगाएको छ । ओमिक्रोन भेरिअन्ट संक्रमण फैलन सक्ने भन्दै उसले भारत‚ अस्ट्रेलिया‚ क्यानडा‚ फ्रान्स‚ पाकिस्तान‚ फिलिपिन्स‚ बेलायत र अमेरिकाबाट हुने हवाई उडानलाई दुई सातासम्मका लागि रोक लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यी देशहरूमा तुलनात्मक रुपमा ओमिक्रोन […]

सम्बन्धित सामग्री

स्थलमार्गको झन्झटले हवाई यात्रामा चाँप

स्थलमार्ग अप्ठेरो हुँदा यो बेला हवाईमार्गमा यात्रु बढेका छन्। यात्रु बढेपछि यो बेला हवाइ उडान पनि थपिएका छन्। त्यत्तिमात्र नभई भईरहेको उडानमा पनि यात्रु पर्याप्त हुन थालेका छन।...

मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत

रारा विमानस्थलमा नियमित रूपमा हवाइ उडान सुचारु

वीर बहादुर बम,मुगु । हिमाली जिल्ला मुगुको रारा विमानस्थलमा एक साता अघिदेखि नियमित रूपमा हवाई उडान सुचारुमा आउन थालेका छन् । पुस महिनाको हिमपातले गर्दा हवाई उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन् । एक साता बढीसम्म रारा विमानस्थलमा […]

आजदेखि आन्तरिक हवाइ उडान सुरु, कुन फ्लाइटले कति पाए स्वीकृति ?

करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन् । गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्...

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

काठमाडौं । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले निर्णय गरेको छ । उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ । नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र  उनीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था बढी भएको चिकित्सहरूले बताएका छन् । संक्रमण बढेसँगै अक्सिजनको माग बढ्ने भएकाले थप सिलिन्डर आवश्यक भएको हो । सीएमसी बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यवस्थित गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ । त्यसैगरी सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५०० शैय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल अघि बढाएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार मुख्यसचिव शंकरदास वैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरे । काठमाडौं उपत्यकामा कोरोनाका बिरामी बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको प्रधामन्त्री कार्यालयले बताएको छ । यसैबीच, कोरोनाबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले गर्ने भएको छ । आइतवार बसेको सीसीएमसी बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको हो । शव दाह गृह व्यवस्थित रूपमा सञ्चालन गर्ने र देखिएका समस्या निकारण गर्न विदेशबाट प्राविधिक झिकाउनुपर्ने भए त्यसको सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय गरेको छ । परम्परागत विधिबाट पनि दाह संस्कार गरिने र त्यसलाई व्यवस्थित गर्न परिपत्र गरिसकिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी गराए । कोरोना नियन्त्रणमा कठिन भएपछि सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले आइतबार नै आन्तरिक उडानमा कोटाप्रणाली लागू गरेको छ भने केही अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतसहित ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकको पूर्ण निर्णय सरकारले सार्वजनिक गरेको छैन । यसैबीच, काठमाडौंमा कोरोना संक्रमणले उच्च गति लिएपछि आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तीय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय गरेको छ । खाद्यान्नका पसलहरू बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न अनुमति दिएकोमा सोमबारदेखि खोल्न नदिने निर्णय भएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार मास्क नलाई हिड्नेलाई जरिबाना गर्नेदेखि पासमा कडाइ गर्नेसम्मको निर्णय डीसीसीएमसीको बैठकबाट भएको छ ।

मन्त्रिपरिषदको निर्णयः हवाइ उडान तत्काल बन्द नहुने, सीमा नाकाबाट आवतजावत खुलै

सरकारले हवाइ उडानमा रोक नलगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान नरोक्ने निर्णय गरेको एक मन्त्रीले गरे । तर आगामी दिनमा थप प्रतिकुल अवस्था आएको खण्डमा भने यो निर्णयमा पुनर्विचार हुनेछ । ती मन्त्रीका अनुसार आन्तरिक तर्फको हवाइ उडानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइनेछ भने त्यसबारेको निगरानी सम्बन्धित निकायले गर्नेछ । यस्तै विदेशबाट आउनेको हकमा नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा नि...