भुटानले दुई वर्ष भन्दा लामो प्रतिबन्धपछि विदेशी पर्यटकका लागि देशको सीमाना खुल्ला गरेको छ । कोरोना महामारीका कारण विदेशी पर्यटकका लागि प्रतिबन्ध लगाएकोमा कोरोना संक्रमणको जोखिम कम भएसँगै खुल्ला गरेको भुटानी अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटिभीले जनाएको छ ।
कोरोना महामारीका कारण शुरु भएको लकडाउनपछि हिजो पहिलोपटक २३ जना विदेशी पर्यटकहरु भुटानमा पुगेका छन् । विदेशी पर्यटकका लागि खुल्ला गरिएपछिको पहिलो उडानमा थिम्पु पुगेका पर्यटकलाई भुटानले उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सान...