२०१९ कै लयमा फर्किंदै सिजनको पर्यटन

काठमाडौं। मुख्य पर्यटकीय सिजन शुरू हुँदै गर्दा पर्यटक आगमनमा सुधार देखिएको छ । यस वर्ष पर्यटकीय सिजन भनिने महीनाहरूको विदेशी आगमन सन् २०१९ कै अवस्थामा पुगेको देखिएको छ । सन् २०२३ मा नेपाल आएका पर्यटकको तथ्यांक हेर्दा अन्य महीनाको तुलनामा सिजनका महीनामा बढी देखिन्छ । कतिपय महीनाको आगमन सन् २०१९ कै नजिक पुगेको देखिन्छ । नेपालमा बसन्त (मार्च, अप्रिल र मे) र शरदयाम (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) लाई पर्यटकीय सिजन मानिन्छ । शरदयामलाई मुख्य सिजन मानिन्छ ।  पर्यटकीय सिजन शुरू हुने महीना सेप्टेम्बरमा विदेशी आगमन संख्यामा विगत वर्षका तुलनामा उल्लेख्य सुधार देखिएको हो । सन् २०२३ को सेप्टेम्बरमा हवाईमार्ग हुँदै ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्षको पर्यटकीय सिजनको आगमन कोभिड–१९ पूर्वको वर्ष सन् २०१९ को हाराहारीमा छ ।  सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक हवाईमार्गबाट नेपाल आएका थिए । सन् २०२० र २१ मा उक्त महीनामा नेपाल आउने पर्यटकको संख्या न्यून छ । यी २ वर्ष कोभिड–१९ महामारी, सीमापार आवागमन र अन्तरराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध, अनिवार्य क्वारेन्टाइन, कोरोनाविरोधी खोपको अनिवार्यतालगायत कारण विश्वभर पर्यटक आवागमन प्रभावित भएको थियो । सन् २०२२ बाट सेप्टेम्बरमा आउने पर्यटक संख्या बढेको हो ।  यस वर्ष मे र जुनमा सन् २०१९ को ती महीनाको तुलनामा बढी पर्यटक आएको देखिन्छ । यस वर्ष सेप्टेम्बरको आगमनले सन् २०१९ लाई भेट्न खोजेको देखिन्छ । अन्य महीनाको आगमन भने तुलनात्मक रूपमा कम छ । यसैलाई आधार मानेर पर्यटन व्यवसायी यो व्यवसाय सन् २०१९ को अवस्थामा अझै नफर्किएको तर्क गर्छन् । सिजनका २ महीनामा सन् २०१९ को तुलनामा बढी र कतिपय महीनामा नजिक पुग्ने गरी पर्यटक आएको तथ्यांकले देखाउँछ ।  यो वर्ष सेप्टेम्बरसम्मा कुल ६ लाख ९२ हजार ३७२ पर्यटक हवाईमार्गबाट आएका छन् । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए ।  होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले मुख्य सिजन भएकाले अब नोभेम्बरसम्म पर्यटक आगमन बढ्दै जाने अनुमान गरे । ‘सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा गरी ३ लाखसम्म पर्यटक आउने हाम्रो अनुमान छ,’ शाक्यले भने, ‘अहिले काठमाडौंका होटेलमा ६० प्रतिशतभन्दा बढी कोठा बुकिङ भइसकेको छ, अनलाइन बुकिङका कारण ३/४ दिनअघि मात्रै जानकारी हुने भएकाले बुकिङ थप बढ्नेछ । पोखरामा भने बुकिङ कम देखिएको छ ।’ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदी भने पर्यटन सन् २०१९ कै अवस्थामा फर्किन बाँकी रहेको बताउँछन् । सन् २०२४ मा भने सामान्य अवस्थामा नै फर्कन सक्ने उनको अनुमान छ । अहिलेको पर्यटक आगमनलाई सकारात्मक मान्न सकिने भन्दै उनले अफ सिजनमा भने कोभिडकै असर र विश्व आर्थिक अवस्थाका कारण पर्यटक आउन नसकेको बताए ।  बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा पनि अन्य महीना जस्तै भारतबाट सबैभन्दा बढी पर्यटक आएका छन् । भारतबाट यो महीना २८ हजार ६९४ पर्यटक आएका छन् । संख्याको हिसाबले दोस्रोमा चीन छ । चीनबाट सेप्टेम्बरमा ८ हजार १७४ पर्यटक आएका छन् । यसपछि संयुक्त राज्य अमेरिका, बंगलादेश, अस्ट्रेलिया, बेलायत, श्रीलंका, जर्मनी, दक्षिण कोरिया र इजरायलबाट बढी संख्यामा पर्यटक आएको देखिन्छ ।

सम्बन्धित सामग्री

लयमा फर्किँदै घोडेपानीको पर्यटन व्यवसाय

म्याग्दी : अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक पर्यटकीय स्थल म्याग्दीको घोडेपानी–पुनहिलको पर्यटन व्यवसाय पुनः लयमा फर्किँदै गएको छ।सन् २०२० मा कोभिड शुरु भएपछि सुस्ताएको यहाँको पर्यटन ३ वर्षपछि सन् २०२३ को अक्टोबरदेखि लयमा फर्किएको स्थानीय व्यवसायीले बताएका छन्। यतिबेला घोडेपानी र पुनहिल आन्तरिक तथा बाह्य पर्यटकले भरिएको छ। पछिल्ला ४ महिनामा यहाँ १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्।पर्यटन प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्म १२ हजार ३६१ जना

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय,व्यवसायी हर्षित

कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन्।...

पर्यटन क्षेत्र लयमा फर्किंदै

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।...

लयमा फर्कियो मुस्ताङको पर्यटन, भित्रिए एक वर्षमा ६६ हजार पर्यटक

मुस्ताङमा पर्यटन आगमन पुरानै लयमा फर्किएको छ । कोरोना (भाइरस)को महामारीका कारण थला परेको पर्यटन क्षेत्र चलायमान बन्न थालेको हो । पर्यटकको चहलपहलसँगै पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटन, होटल ब्यवसायी र मजदुरहरुलाई राहत मिलेको छ । सन २०२२ मा ६५ हजार ९४० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले …

लयमा आउँदै पर्यटन

पछिल्लो ११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पाँच लाख ४६ हजार पुगेको छ । सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २ सय १६ ले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोभिड–१९ पछि नेपालको पर्यटन बजार लयमा फिर्ता हुने क्रममा रहेको छ । सन् २०१९ को अन्त्यबाट चीनमा फैलिएको […]

लयमा फर्किँदै सौराहाको पर्यटन व्यवसाय

चितवन – नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको  छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले  धमाधम चाडपर्व लक्षित छुट प्याकेज घोषणा गरिरहेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । सौराहाको पर्यटन व्यवसाय ...

लयमा फर्कंदै पर्यटन, चहलपहल बढ्ने संकेत

काठमाडौं । लामो समय कोरोना विश्व महामारीको प्रभावले थलिएको नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कंदै छ । कोरोना संक्रमितको संख्या र मृत्युदर पनि क्रमशः घटेर अहिले दैनिक न्यून भएको र धमाधम विदेशी पर्यटक नेपाल भित्रिने क्रम बढेसँगै नेपालको पर्यटन बिस्तारै पुरानै लयमा फर्किन थालेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अब बिस्तारै आन्तरिक […] The post लयमा फर्कंदै पर्यटन, चहलपहल बढ्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लयमा फर्कंदै डोटीको पर्यटन

कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् । दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उन

लयमा फर्कंदै पर्यटन व्यवसाय

कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । सन् २०२०को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हुँदै आएको छ ।सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो […]