वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा दिउँसो पनि पानी पर्ने

काठमाण्डौ - काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेकोे छ । यी प्रदेशका धेरै ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो अस्ति लगातारजसो पानी परेको मधेस प्रदेशमा भने आज खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । वाग्मती, गण्डकी र प्रदेश-१ मा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ । &...

सम्बन्धित सामग्री

आज प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो। राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही दिनदेखि देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । अहिले ...

आज वाग्मती र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डाै - आज वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ भने राति प्रदेश-१ सहित वाग्मतीका केही ठाउँमा पनि ठूलो पानी पर्नेछ । यी दुई प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनको न्यून चापी‍य प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झर...

प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१ का केही ठाउँमा आंशिक बद्ली भइ फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार देशका अरु ठाउँमा भने आज सामान्यतया मौसम सफा रहनेछ  । यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा आंशिक बद्ली देखिए पनि दिउँसो भने मौसम सफा रहने मौसमविद् श्रेष्ठले जानकारी दिनु भयो । राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आंशिक बद्ली...

आज वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१ र वाग्मती प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना छ। पानी पार्ने कुनै मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पानी एकैछिन मात्र पर्ने छ ।  बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् मानन्धरले बताउनुभयो । पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले पर्सि बेलुकादेखि  प्रदेशका केही ठाउँमा प...

वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने मौमसविद्ले बताएका छन् । मनसुन बाहिरिने क्रममा रहेकाले अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो। उहाँका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाे छ । देशका धेरै ठाउँमा केहीबेर पछि घाम लाग्ने उहाँले बताउनुभयो । आज काठमाण्डौमा पानी पर्ने सम्भावना कम रहेको पनि उहाँले बताउनुभयो ।

देशका धेरै ठाउँको मौसम बद्ली : प्रदेश-१ र २ का केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश-१, २ र वाग्मती प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । यस्तै, आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । प्रदे...

आज प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - आज प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश-१ मा दिउँसो र गण्डकी प्रदेशमा बेलुकापछि ठूलो पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । प्रदेश-१ र गण्डकी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढी पहिरो जोखिम धेरै रहेको उहाँको भनाइ छ । हिजो पनि गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । मनसुनी गतिविधि केही कमजोर भएसँगै देशका अरु ठाउँमा भने हल्कादेखि मध्यमखालको मात्रै वर्षा हुने मौसमविद् सापकोटाले बताउ...

आज प्रदेश-१ र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा बद्ली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बद्ली हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो । पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देश...

प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - आज प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ । प्...