काठमाण्डाै - आज प्रदेश-१, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ ।
प्...