काठमाण्डाै - आज प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश-१ मा दिउँसो र गण्डकी प्रदेशमा बेलुकापछि ठूलो पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।
प्रदेश-१ र गण्डकी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढी पहिरो जोखिम धेरै रहेको उहाँको भनाइ छ । हिजो पनि गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । मनसुनी गतिविधि केही कमजोर भएसँगै देशका अरु ठाउँमा भने हल्कादेखि मध्यमखालको मात्रै वर्षा हुने मौसमविद् सापकोटाले बताउ...