काठमाण्डाै - प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश-१, २ र वाग्मती प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
यस्तै, आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । प्रदे...