आज प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो। राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही दिनदेखि देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । अहिले ...

सम्बन्धित सामग्री

यी दुई प्रदेशमा आज दिउँसो पानी पर्ने सम्भावना

काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो कर्णाली प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी…

आज दिउँसो र राति देशका पहाडी भू-भागहरुमा पानी पर्ने सम्भावना

काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल गण्डकी प्रदेश , लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक…

यी प्रदेशमा आज दिउँसो र राति पानी पर्ने सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।…

आज वाग्मती, गण्डकी, प्रदेश-१ र मधेस प्रदेशमा पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ को मौसम सामान्य बद्ली भएको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज चार प्रदेशमा पानी पर्ने सम्भावना छ । यस्तै, आज लुम्बिनी र कर्णालीमा पनि पानी पर्ने अनुमान गरिएको छ । मनसुनी गतिविधि फैलिन थालेको छ । अबको केही दिनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि मनसुन फैलिने मौसमविद् मानन्धरले बताउनुभयो । यस्तै, आज राति प्रदेश-१ क...

आज रातिको मौसम : केही स्थानमा वर्षा, भोलि पनि पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही देशका तराई भूभागमा आंशिक वदली रहेको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका प्रदेश १, बागमती, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही […] The post आज रातिको मौसम : केही स्थानमा वर्षा, भोलि पनि पानी पर्ने सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्सि बुधबारसम्म नै पानी पर्ने सम्भावना

काठमाण्डाै – देशभरको मौसम पूर्ण रुपमा बदली भएको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका धेरै ठाउँ तथा प्रदेश १, २ र वाग्मतीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । लुम्बिनी र सुदूरपश्चिमका एक/दुई ठाउँमा गएराति ठूलो पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा...

आज चार प्रदेशका एक/दुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

काठमाण्डाै - आज चार प्रदेशका एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। आज दिउँसाे वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो ।  काठमाण्डौ उपत्यकासहित धेरै ठ...

मनसुन सक्रिय : आज देशभर पानी पर्ने सम्भावना, यी नदीमा पानीको बहाव बढ्ने

काठमाडौँ । मनसुन सक्रिय रहेका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा […]

तुवाँलोले धुम्म रहेको मौसममा सुधार : पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – तुवाँलोले केही दिनदेखि धुम्म रहेको मौसम सुधार हुँदै गएको छ । आज बिहानैदेखि देशका धेरैजसो ठाउँमा घाम लाग्न सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सफा नै रहेपनि स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले पहाडी क्षेत्रका केहि ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । दिउँसोपछि पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित क्षणिक पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भा...

राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]