प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१ का केही ठाउँमा आंशिक बद्ली भइ फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार देशका अरु ठाउँमा भने आज सामान्यतया मौसम सफा रहनेछ  । यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा आंशिक बद्ली देखिए पनि दिउँसो भने मौसम सफा रहने मौसमविद् श्रेष्ठले जानकारी दिनु भयो । राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आंशिक बद्ली...

सम्बन्धित सामग्री

आज प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो। राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही दिनदेखि देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । अहिले ...

तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्छ : मौसमविद्

काठमाण्डाै - तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नबनेकाले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । तर, देशका अन्य क्षेत्रमा भने तत्काल पानी पर्ने सम्भावना छैन । बिहारमा बनेको न्यून चापीय प्रणालीकै असरका...

आज वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१ र वाग्मती प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना छ। पानी पार्ने कुनै मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पानी एकैछिन मात्र पर्ने छ ।  बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् मानन्धरले बताउनुभयो । पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले पर्सि बेलुकादेखि  प्रदेशका केही ठाउँमा प...

वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने मौमसविद्ले बताएका छन् । मनसुन बाहिरिने क्रममा रहेकाले अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो। उहाँका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाे छ । देशका धेरै ठाउँमा केहीबेर पछि घाम लाग्ने उहाँले बताउनुभयो । आज काठमाण्डौमा पानी पर्ने सम्भावना कम रहेको पनि उहाँले बताउनुभयो ।

आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार आज वाग्मतीसहित प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले भने सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् शाक्यले बताउनुभयो । तर, दिउँसो पछि भने सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने उहाँले बताउनुभयो ।  यस्तै, आज राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठू...

आज प्रदेश-१ र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा बद्ली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बद्ली हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो । पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देश...

देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश-१, प्रदेश-२ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । आज दिउँसो र राति प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भाव...

राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]