देउवा र प्रचण्ड आफैँले तोकेका थिए एमसिसी अनुमोदन गराउने समयसीमा (पत्रसहित)

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले तोकेको खुलेको छ। एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेको खुलेको छ। अमेरिकालाई ५ महिनाभित्र संसदमा बहुमत बनाएर एमसिसी पास गर्ने प्रतिबद्धता जनाएका प्रचण

सम्बन्धित सामग्री

‘राष्ट्रियताको सवालमा माओवादी अडानबाट च्युत भयो’

चर्को विवादपछि अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले एमसिसी संसदबाट पारित गरेसँगै नेकपा माओवादी (केन्द्र) र एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता रुष्ट बनेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एमसिसी संशोधनबिना अनुमोदन गर्न नसक्ने अडान राख्दै आइरहेका थिए। दुवै दलका भ्रातृ संगठनहरू एमसिसीविरुद्ध सडक आन्दोलनमा उत्रिरहेका थिए। तर, प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाल

एमसिसीमा ‘व्याख्यात्मक टिप्पणी’ माओवादी र एकीकृत समाजवादीको ‘फेस सेभिङ’ मात्रै !

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी संसद्‌बाट पारित गर्ने निर्णय गरेपछि नेकपा माओवादी (केन्द्र) र एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता रुष्ट बनेका छन्। पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले एमसिसी संशोधनबिना अनुमोदन गर्न नसक्ने अडान राख्दै आइरहेका थिए। दुवै दलका भ्रातृ संगठनहरू एमसिसीविरुद्ध सडक आन्दोलनमा उत्रिरहेका थिए तर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यक

सरकार छाड्ने माओवादीको तयारी, खुमलटारमा बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।त्यसबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा स्थायी कमिटीको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता जसरी पनि अनुमोदन गर्ने गरी अघि बढेकाले माओवादी सरकारमा नबस्ने निष्कर्षमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए।‘अध्यक्षले पटक–पटक प्रधानमन्त्रीसँग छलफल गर्नुभयो। जसरी पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्ने देखियो,‘ ती स्थायी कमिट

एमसिसीको गाँठो फुकाउन देउवा, प्रचण्ड र माधव नेपाल छलफलमा

काठमाडौं : सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।शीर्ष नेताहरूको छलफलमा एमसिसी, स्थानीय चुनावलगायत विषयमा छलफल भइरहेको उनले बताए। एमसिसीलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद छ। अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी

एमसिसीकाे ‘गोप्य प्रतिबद्धता’ बाहिरिएपछि देउवासँग रुष्ट बने प्रचण्ड

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विषयमा अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेका छन्। एमसिसी फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न समयसीमा 'डेडलाइन'सहित प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पठाएको पत्र बाहिरिएपछि प्रचण्ड रुष्ट बनेका हुन्। देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा पत्र पठाउँदै ५ महिनाको समयसीमा पास गर्ने प्रतिबद्धता

एमसीसी उपाध्यक्ष र अर्थ मन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो । भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका थिए। अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन्  ।उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार भेटवार्ता गरेको थियो । यस्तै, बिहिबार नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।छलफलका क्रममा अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।