काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी संसद्बाट पारित गर्ने निर्णय गरेपछि नेकपा माओवादी (केन्द्र) र एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता रुष्ट बनेका छन्। पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले एमसिसी संशोधनबिना अनुमोदन गर्न नसक्ने अडान राख्दै आइरहेका थिए। दुवै दलका भ्रातृ संगठनहरू एमसिसीविरुद्ध सडक आन्दोलनमा उत्रिरहेका थिए तर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यक