एमसीसी उपाध्यक्ष र अर्थ मन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो । भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका थिए। अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन्  ।उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार भेटवार्ता गरेको थियो । यस्तै, बिहिबार नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।छलफलका क्रममा अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

सम्बन्धित सामग्री

आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्नु हुँदैन : एमसीसी उपाध्यक्ष फातिमा

२७ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् । आफ्नो चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाइन् । ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने […]

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी आर्थिक सहायता एमसीसीले नेपालको आर्थिक रूपान्तरणमा पार्ने प्रभावबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जनाएका छन् । भेटमा नेपाल–अमेरिका सहयोग तथा एमसीसीमार्फत् नेपालको आर्थिक रूपान्तरणका विषयमा कुराकानी भएको देउवाले जानकारी दिए । उपाध्यक्ष सुमारले यसअघि बिहीवार र शुक्रवार काठ...

प्रचण्ड र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बिहान करिब एक घण्टा कुराकानी भएको छ । सुमारसँग प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको थियोे ।​ सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो नेपाल आएलगत्...

प्रचण्डलाई एमसीसीमा मनाउने प्रयास, खुमलटारमा फातिमाको १ घण्टा

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ । शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फातिमाले काठमाडाैंमा क–कसलाई भेट्दैछिन् ?

आज दिउँसो सवा १ बजे ओलीलाई भेटेपछि भरे वा भोलि मात्र उनीहरू देउवालाई भेट्न बालुवाटार जानेछन् । प्रधानमन्त्रीसँगको भेटघाटपछि फतिमा र जाेनाथनले पूर्वप्रधानमन्त्रीहरू, अन्य दलका शीर्ष नेताहरूसित पनि कुराकानी गर्ने जनाइएको छ

एमसीसी उपाध्यक्ष फतिमा नेपाल आउँदै, शीर्ष नेताहरूसँग पनि भेट्ने

नेपाल भ्रमणका क्रममा  उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे योसँग जोडिएका पक्षहरूसँग भेटघाट र कुराकानी गर्ने तालिका छ । उनले एमसीसी हेडक्वाटरमा गरिबी निवारणका लागि लक्षित परियोजनाको सुपरीवेक्षण समेत गर्ने योजना छ ।