काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विषयमा अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेका छन्। एमसिसी फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न समयसीमा 'डेडलाइन'सहित प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पठाएको पत्र बाहिरिएपछि प्रचण्ड रुष्ट बनेका हुन्। देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा पत्र पठाउँदै ५ महिनाको समयसीमा पास गर्ने प्रतिबद्धता