चर्को विवादपछि अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले एमसिसी संसदबाट पारित गरेसँगै नेकपा माओवादी (केन्द्र) र एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता रुष्ट बनेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एमसिसी संशोधनबिना अनुमोदन गर्न नसक्ने अडान राख्दै आइरहेका थिए। दुवै दलका भ्रातृ संगठनहरू एमसिसीविरुद्ध सडक आन्दोलनमा उत्रिरहेका थिए। तर, प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाल