सरकार छाड्ने माओवादीको तयारी, खुमलटारमा बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।त्यसबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा स्थायी कमिटीको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता जसरी पनि अनुमोदन गर्ने गरी अघि बढेकाले माओवादी सरकारमा नबस्ने निष्कर्षमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए।‘अध्यक्षले पटक–पटक प्रधानमन्त्रीसँग छलफल गर्नुभयो। जसरी पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्ने देखियो,‘ ती स्थायी कमिट