मंसिर १९, काठमाडौं । साताको पहिलो कारोबार दिन बजार खुलेको साढे २ घण्टाको अवधिमा कारोबारमा आएका २२४ धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
लक्ष्मी इक्विटी फण्ड, प्रभु सेलेक्ट फण्ड, सिटिजन्स म्युुचुअल फण्ड - १, महालक्ष्मी विकास बैंक र सिद्धार्थ इक्विटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । यी पाँच ओटा धितोपत्र मध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको ६ लाख ६ हजार २३० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी, प्रभु सेलेक्ट फण्डको ५ लाख ६४ हजार २२९, सिटिजन्स म्युुचुअल फण्डको ५ लाख २६ हजार २९९ इकाई, महालक्ष्मी विकास बैंकको १ लाख ८९ हजार २९५ कित्ता र सिद्धार्थ इक्विटी फण्डको १ लाख ४२ हजार ४४९ इकाई खरीद माग रहेको छ ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६२ दशमलव ९६ अंक घटेको छ । नेप्से परिसूचक २ हजार ५२३ दशमलव २३ विन्दुमा झरेको छ । यस अवधिमा २२४ ओटा धितोपत्रको रू. २ अर्ब ४३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।