आईसीएफसी फाइनान्ससहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा आईसीएफसी फाइनान्ससहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।  कारोबारमा आएका २१७ ओटा कम्पनीहरु मध्ये आईसीएफसी फाइनान्स,सानिमा लार्ज क्याप फण्ड,लक्ष्मी इक्विटी फण्ड,सानिमा इक्विटी फण्ड र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा उच्च खरीद माग रहेको हो ।  ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको शेयरमा ५ लाख १९ हजार ९८२ कित्ता शेयर खरीद माग रहेको छ ।  त्यसैगरी सानिमा लार्ज क्याप फण्डको इकाईमा ४ लाख ७ हजार ७१० इकाई,लक्ष्मी इक्विटी फण्डको ३ लाख ८३ हजार ७ सय इकाई, सानिमा इक्विटी फण्डको ३ लाख ३१ हजार ४०० इकाई र नेशनल हाइड्रोपावरको ३ लाख २१ हजार १७६ कित्ता शेयर खरीद माग रहेको छ ।   

सम्बन्धित सामग्री

आईसीएफसी फाइनान्समा पन्तको कार्यकाल दोहरियो

आईसीएफसी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्तको कार्यकाल दोहोरिएको छ । पन्तलाई कम्पनी संचालक समितिले आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याएको हो । पन्तलाई असोज २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि पुन नियुक्ति दिइएको कम्पनीले जानकारी दिएको छ । उनको कार्यकाल आगामी असोज २४ गते सकिदै छ ।

आईसीएफसी फाइनान्सले स्मार्ट क्यूआर प्रयोगमा ल्याउने

२ भदौ, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले स्मार्ट क्यूआर प्रयोगमा ल्याउने भएको छ । आईसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउने सम्झौता भएको फाइनान्सले जनाएको छ । सम्झौतासँगै आईसीएफसी फाइनान्सका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी वस्तु तथा सेवा खरिदमा स्मार्ट क्यूआर मार्फत गर्न […]

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

२८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी  विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ ।  यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल भएका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज दे

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग : पहिलो संस्करणको विजेता आईसीएफसी फाइनान्स

काठमाडौं (अस) । आईसीएफसी फाइनान्स महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पहिलो संस्करणको विजेता बनेको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आयोजना गरेको पहिलो संस्करणको विजेता उक्त फाइनान्स बनेको हो । जेठ १३ देखि शुरू गरिएको प्रतियोगिता १५ जेठसम्म सञ्चालन भएको थियो । ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा १६ टीमको सहभागिता थियो । प्रतियोगिताको दोस्रो स्थान प्राइम बैंक तथा तृतीय स्थान कामना सेवा विकास बैंकले प्राप्त गरेको छ । विजेतालाई ट्रफी तथा प्रमाणपत्र वितरणको कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रूपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरू वितरण गरेका थिए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत आयोजकले पुरस्कृत गरेको छ । आयोजकका अनुसार आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना उत्कृष्ट फिल्डर, मुक्तिनाथ विकास बैंकका मनीष सिंह उत्कृष्ट विकेट किपर र महालक्ष्मी विकास बैंकका सागर गुप्ता उत्कृष्ट बलर हुन सफल भए । त्यस्तै कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्तव उत्कृष्ट ब्याट्सम्यान र प्राइम बैंकका कृतार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भएका थिए । ३२ खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको बैंकले जानकारी दिएको छ । २८औं वर्ष प्रवेशको अवसरमा बैंकले जेठ महीनाभरि वार्षिकोत्सवका कार्यक्रम गर्ने घोषणा गरेको थियो ।

ग्लोबल आइएमई बैंक–आईसीएफसी फाइनान्स सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच उक्त फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउन समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आईसीएफसी फाइनान्सका नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरे । सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यक पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन । दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायत सेवामा सहकार्य हुनेछ । हाल ग्लोबल आइएमई बैंकले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । आईसीएफसी फाइनान्सले २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

मुक्तिनाथ रेमिट–आईसीएफसी फाइनान्स सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीफसी फाइनान्सका शाखा कार्यालयबाट लिन सकिने भएको छ । सम्झौतामा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापछि बैंकको रेमिट सेवाको भुक्तानी आईसीएफसी फाइनान्सको २० शाखाबाट सजिलै लिन सकिनेछ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकलाई रेमिट झुक्तानीका लागि सुविधा मिल्ने बैंकको विश्वास छ । मुक्तिनाथ रेमिटले देशभर रहेका ४ हजार ५ सयभन्दा बढी भुक्तानी केन्द्रबाट गर्दै आएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

नेपाल एसबीआई बैंक–आईसीएफसी फाइनान्स सम्झौता

काठमाडौं (अस) । नेपाल एसबीआई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आईसीएफसीका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच सम्झौता आदान–प्रदान भएको हो । सम्झौताअन्तर्गत आईसीएफसी फाइनान्सका ग्राहकले नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टीलगायत सुविधा उपलब्ध हुनेछ ।

आईसीएफसी फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, १७ जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्ल्लो कारोबार दिनको तुलनामा आइतवार रु. २२ ले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ४३९ पुगेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. १७ करोड २९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १० करोड ७३ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रु. १० करोड ३० लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । चुक्ता पुँजी रु. १ अर्ब २२ करोड ४२ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ३४ करोड ३६ लाख र रिटेन्ड अर्निङमा रु. १० करोड ३० लाख सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १५ दशमलव ४५ रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २३ दशमलव १६ पुगेको हो । त्यसैगरी मूल्य आम्दानी अनुपात १४ दशमलव ५० गुणा र प्रतिशेयर नेटवर्थ रु. १३८ दशमलव १७ रहेको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । यसलाई कारोबारले पनि साथ दिएको छ । आरएसआई ओभरबौज्ट जोन ८२ दशमलव ३५ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १२ दशमलव ९८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ४३९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४१५ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य ५९ कारोबार दिनयताकै उच्च कायम रहेको छ ।